अक्षय कुमारको ४५ लाख सहयोग, ७ सय परिवारको भोजन देवगनको जिम्मा « Khabarhub

अक्षय कुमारको ४५ लाख सहयोग, ७ सय परिवारको भोजन देवगनको जिम्मा

कुन कलाकारको के सहयोग ? को विवादमा परे ?


१७ जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको प्रकोप बढेसंगै यस समय हरेक मानिस तनावमय जीवन बाँचिरहेको छ ।

लाखौंमानिस कोरोना संक्रमित हुँदा अधिकांश मानिस आर्थिक अभाव झेलिरहेका छन् । अझ दैनिक काम गरेर खाने वर्ग यस समय कोरोना संक्रमणका कारण भोकमरीसंग जुध्न बाध्य छन् । यहीबीच बलिउड अभिनेता अक्षय कुमारले सिने र टेलिभिजन कलाकार संघलाई ४५ लाख भारु आर्थिक सहयोग गरेका छन् ।

यसैबीच पश्चिम बंगालमा आएको चक्रवत तुफानका कारण हजारौ मानिस बेघर भएका छन् । यस मुस्किल घडीमा पश्चिम बंगालका ब्रान्ड एम्बास्डर एवम् चर्चित बलिउड अभिनेता शाहरुख खानले समेत लाखौं रकम सहयोगको घोषणा गरेका छन् ।

तर भारतमा बढेको महामारीकाबीच एक निजी कम्पनीको उत्पादनलाई विज्ञापन गरेको आरोपमा दिग्गज बलिउड अभिनेत्री एवम् भारतीय जनता पार्टीकी सांसद हेमा मालिनीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले कडा आलोचना गरेका छन् ।

भारतको आर्थिक राजधानी मुम्बई कोरोना भाइरसको सबैभन्दा बढि प्रभावित क्षेत्र हो । जसका कारण यस क्षेत्रमा रहेका अधिकाशं गरिब दैनिक रोजिरोटीको विकल्पमा भोकभोकै रहन बाध्य छन् । यहीबीच बलिउड अभिनेता अजय देवगनले करिब ७ सय परिवारको खानाको जिम्मेवारी उठाउदै आएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  १० : १६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया