कोरोना संक्रिमत बढ्न थालेपछि दक्षिण कोरियाका विद्यालय फेरि बन्द « Khabarhub

कोरोना संक्रिमत बढ्न थालेपछि दक्षिण कोरियाका विद्यालय फेरि बन्द


१७ जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या बढ्दै गएपछि दक्षिण कोरियाका विद्यालयहरू पुन: बन्द गरिएको छ ।

पाँच सयभन्दा बढी विद्यालयहरूमा पठनपाठन सुरू भएको केही दिनमै विद्यालयहरू बन्द गरिएको हो ।

भाइरसको संक्रमण नियन्त्रणमा आएको भन्दै कोरियाले बुधबारदेखि विद्यालयमा पठनपाठन सुचारु गरेको थियो । तर बिहीबार ७९ जना संक्रमित थपिएपछि सरकारले विद्यालयमा पठनपाठन बन्द गरेको हो ।

उक्त संख्या एकै दिन संक्रमित भएका दुई महिनायताकै बढी भएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् ।

दक्षिण कोरियामा शुक्रबार पनि ३९ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ११ हजार ४४१ पुगेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  १० : २० बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति