दुई राशीबीचको बिहे उत्कृष्ट, कुन–कुन राशीसँग कस्तो हुन्छ वैवाहिक सम्बन्ध ? « Khabarhub

दुई राशीबीचको बिहे उत्कृष्ट, कुन–कुन राशीसँग कस्तो हुन्छ वैवाहिक सम्बन्ध ?


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसको चाहना हुन्छ, आफुलाई हर सुख दुखमा साथदिने जीवनसाथी प्राप्त होस् । यसको पूर्वानुमान गर्न परापुर्वकालबाटै ज्योतिषशास्त्रअनुसार राशी जुधाएर वरबधुबीच गणगुण हेरेर मात्र विवाह गर्दथे । बलियो नाता स्थापित गर्न दम्पत्तीबीच राम्रो बुझाई हुन जरुरी छ । जसकालागी ज्योतिषशास्त्रमा हरेक राशीलाई मिल्ने जोडी तय गरिएको हुन्छ ।

१. मेष र कुम्भ राशी
यी राशीबीच सम्बन्ध भएमा यो लामो समयसम्म टिक्ने सम्भावना हुन्छ । दुबै राशीका जातकलाई एडवेञ्चर मन पर्ने भएकाले दुबैबीच चाहनामा समानता हुने गर्दछ ।

२. वृष र कर्कट राशी
दुबै राशीले रिलेशनसीपलाई गम्भीरतापुर्वक लिने भएकाले यी जातकाबीच शारीरिक र मानसिक समझदारी बन्ने गर्दछ । दुबै राशी हरपल एकअर्काको साथमा रहने गर्दछन् ।

३. मिथुन र कुम्भ राशी
यी राशीमा एकअर्काको भावनात्मक सहारा बन्ने गुण हुन्छ । यी राशीका जातकलाई एकअर्कासँग समय बिताउन मन पर्दछ । दुबैले नाताभित्र स्वतन्त्रता समेत दिने गर्दछन् ।

४. कर्कट र मिन राशी
कर्कट र मिन राशीका जातकबीच सबैभन्दा राम्रो सम्बन्ध बनिदिन्छ । यि दुबैमा प्राकृतिक जल समानशान्त स्वभाव हुने गर्दछ । यी दुबैले एकअर्कालाई राम्ररी बुझ्ने गर्दछन् ।

५. सिंह र धनु राशी
दुई राशीबिच प्रेमप्रति धेरै भावुकता हुन्छ । दुबै एकअर्कासंग अधिकतम समय बिताउने चाहना राख्दछन् । यतिमात्र होइन यी राशीबिचको सोच समेत मिल्ने गर्दछ ।

६. कन्या र वृष राशी
यी दुबै राशीको तत्व पृथ्वी हो । तसर्थ दुबै राशीबिच एकै किसिमको समझदारी हुने गर्दछ । दुबै एकअर्काप्रति ईमान्दार हुन्छन् । जसका कारण यिनिहरुको सम्बन्ध लामो टिक्ने गर्दछ ।

७. तुला र मिथुन राशी
दुबै राशीबीच अद्भुत मेल हुने गर्दछ । दुबैले एकअर्कालाई बुझ्न सक्ने भएकाले जीवनमा आउने हरेक कठिनाईमा दुबै साथ हुने गर्दछन् । दुबैमा प्रोत्साहनको क्षमता रहने गर्दछ ।

८. वृश्चिक र कर्कट राशी

यी राशीबिच राम्रो सम्बन्ध हुने गर्दछ । दुबैले एकअर्कालाई गम्भिरता पुर्वक लिने र आफ्नो भावना खुलेर बताउँछन् । दुबैमा हरेक परिस्थितिमा साथ दिने क्षमताहुने गर्दछ ।

९. धनु र मेष राशी
दुबै राशीको तत्व अग्नि हो । तसर्थ दुबैबीच राम्रो तालमेल बनिदिन्छ । दुबैले एकअर्कालाई अत्यधिक प्रेम गर्ने भएकाले एकअर्काको ख्याल राख्ने गर्दछन् । दुबैमा समान भावना हुन्छ ।

१०. मकर र वृष राशी
दुबै राशीबिचको जोडी ज्योतिषमा उत्कृष्ट म्याच मानिन्छ । यि राशीमा जीवनभर एकअर्काको साथ रहने शक्ति हुन्छ । दुबै एकअर्काको प्रेमलाई सम्मान गर्दछन् ।

११. कुम्भ र मिथुन राशी
दुवै राशीबीच मनोवैज्ञानिक सम्बन्ध हुने गर्दछ । एकअर्काको भावना बुझेर परावाहपुर्ण प्रेम गर्दछन् । दुबै एकअर्काको साथमा रहदाँ आनन्दित हुने गर्दछन् ।

१२. मिन र वृश्चिक राशी
यी राशीबीच सम्बन्ध अत्यन्त राम्रो मानिन्छ । दुबैमा जीवनप्रतिको धारणा र ब्यवहार समान हुन्छ । दुबैबीच ईमान्दारपुर्ण सम्बन्ध निभाउने क्षमता हुन्छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  १० : ३० बजे

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको