लाइभ रिपोर्टिङकै क्रममा सिएनएनका पत्रकार पक्राउ « Khabarhub

लाइभ रिपोर्टिङकै क्रममा सिएनएनका पत्रकार पक्राउ


१७ जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका एक पत्रकारलाई प्रहरीले लाइभ रिपोर्टिङकै क्रममा पक्राउ गरेको छ ।

मिनियापोलसमा भइरहेको प्रदर्शनको समाचार सम्प्रेषण गरिरहेका बेला उनलाई पक्राउ गरिएको हो ।

जर्ज फ्लोइड नाम गरेका अश्वेत व्यक्तिको प्रहरी हिरासतमै निधन भएपछि मिनियापोलससहित अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका बेला लाइभ रिपोर्टिङ गरिरहेका सिएनएनका पत्रकार ओमार जिमिनेजलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय समय अनुसार शुक्रबार बिहान टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिरहेका पत्रकार जिमिनेजलाई पक्राउ गरिएको केहीबेरपछि छाडिएको थियो ।

प्रहरीले हट्न भनेका बेला नहटेपछि उनीहरुलाई पक्राउ गरिए पनि मिनेशोटाका गभर्नर टिम वाल्जले घटनाप्रति माफी मागेका छन् ।

सिएनएनले पत्रकारलाई गरिएको पक्राउ संविधानको उल्लंघन भन्दै भर्त्सना गरेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ११ : १० बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ