खाडी मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार नाघ्यो « Khabarhub

खाडी मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार नाघ्यो


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले १ हजार ३ जनाको मृत्यु भएको छ भने २ लाख १३ हजार ३०३ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ४५८ जनाको मृत्यु भएको छ । त्यहाँ ८१ हजार ७६६ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २६० जनाको मृत्यु भएको छ भने ३३ हजार १७७ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा १९४ जनाको मृत्यु भएको छ भने २५ हजार १८४ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा ४० जनाको मृत्यु भएको छ भने ९ हजार ८२० जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा ३६ जनाको मृत्यु भएको छ भने ५२ हजार ९०७ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १५ जनाको मृत्यु भएको छ । त्यहाँ १० हजार ४४९ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  १२ : १५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।