खाडी मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार नाघ्यो « Khabarhub

खाडी मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार नाघ्यो


१७ जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले १ हजार ३ जनाको मृत्यु भएको छ भने २ लाख १३ हजार ३०३ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ४५८ जनाको मृत्यु भएको छ । त्यहाँ ८१ हजार ७६६ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २६० जनाको मृत्यु भएको छ भने ३३ हजार १७७ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा १९४ जनाको मृत्यु भएको छ भने २५ हजार १८४ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा ४० जनाको मृत्यु भएको छ भने ९ हजार ८२० जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा ३६ जनाको मृत्यु भएको छ भने ५२ हजार ९०७ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १५ जनाको मृत्यु भएको छ । त्यहाँ १० हजार ४४९ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  १२ : १५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको