नेपालका लागि भारतका पूर्वराजदूत सुदले भने- ओलीको सत्तालाई प्राण थपियो « Khabarhub

नेपालका लागि भारतका पूर्वराजदूत सुदले भने- ओलीको सत्तालाई प्राण थपियो

भारतीय रक्षामन्त्री सिंह र सेनापति नरवानेको आलोचना


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले भारतीय सेनापति मनोज नरवानेले नेपालबारे गरेको टिप्पणीलाई संवेदनहीन भन्दै आलोचना गरेका छन्।

उनले भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकको बाटो भर्चुअल माध्यमबाट उद्घाटन गरेर कमजोर भएको केपी ओलीको सत्तालाई प्राण भरिदिएको आरोप पनि लगाएका छन्।

पटक पटक सीमा मिचिँदा पनि नेपालको सत्तापक्षमा भारतीय दवदवा रहने कारणले कुनै पनि सरकारले गतिलोसँग अडान लिन नसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना हट्नुपर्ने र नेपाली भूमि भारतले फिर्ता गर्नुपर्ने स्पष्ट अडान राख्दै आएका छन्।

उनको यो अडानले नेपाललाई सधैं दवावमा राख्न चाहने भारतीय सत्ताको अहम्मा ठूलो चोट पुगेको छ। र, यो वा त्यो कोणबाट ओलीमाथि प्रहार गर्न भारतका सबै उच्च पदस्थहरु केन्द्रित भएका छन्। प्रधानमन्त्री ओलीमाथि आफ्नो निशाना साध्ने क्रममा पूर्वराजदूत सुदले आफ्नै सेनापति र रक्षामन्त्रीको पनि आलोचना गरेका छन्।

शुक्रबार ‘द हिन्दू’ पत्रिकाको अंग्रेजी संस्करणमा “फर ए रिसेट इन इण्डिया नेपाल रिलेसन्स” शीर्षकमा एउटा लेख प्रकाशित गर्दै सुदले भारतीय रक्षामन्त्री राजनाथ सिंह र सेनापति नरवानेको आलोचना गरेका हुन्।

उनले लेखेका छन्, ‘भारतीय सेनाका प्रमुख जनरल मनोज नरवानेले मे १५ मा गरेको नेपालले अरु कसैको इशारामा मुद्धा उठाएको हुनसक्छ भन्ने टिप्पणी संबेदनहीन थियो किनकि भारतको सेना प्रमुख नेपालको सेनाको पनि मानार्थ जनरल हो।’

उनले सन् २०२० को अप्रिलसम्म आइपुग्दा केपी ओलीको घरेलु राजनीतिक अवस्था कमजोर भएको र कोभिड १९ को ह्याण्डलिंग पनि अयोग्य भएकाले उनको शासनविरुद्ध निराशा बढेको अवस्थामा पार्टीभित्रबाट एक व्यक्ति एक पदको कुरा उठी एउटा पद छोड्नै पर्ने अवस्थामा पुगेको उल्लेख गरेका छन्।

यस्तो अवस्थामा ओलीको ढल्न लागेको सत्तालाई रक्षामन्त्री सिंहले सडक उद्घाटन गरिदिएर प्राण भरिदिएको उनको विश्लेषण छ।

लेखमा अघिकांश ठाउँमा ओलीविरुद्ध आक्रोश व्यक्त गरिएको छ। सन् २०१७ को चुनावमा भारतविरोधी राष्ट्रबाद उचालेर चुनाव जितेको भन्दै सुदले सन् २०१५ को संविधान निर्माणमा दवाव दिएको र अघोषित नाकाबन्दी गरेको अरोप लागेकोले नेपाल भारतका बीच समस्या बढ्दै गएको जिकिर गरेका छन्।

उनले अहिले नेपाल र भारतका बीचको सम्बन्ध निकै नराम्रो बनेको उल्लेख गर्दै पराम्परागत विशेष सम्बन्धलाई पुनस्थापित गर्नु पर्ने र यसका लागि भारतले उदार सहयात्री बन्नु पर्ने सल्लाह दिएका छन् ।

सुदले आफ्नो लेखमा राजा महेन्द्रले चीनसँगको सीमा सम्झौताको प्रसंग पनि उल्लेख गरेका छन् र विगत १७० बर्षदेखि नेपालको नभएको भूमि अहिलेको नक्सामा पारेर नेपालले आफ्नो भएको दावी गरेको भन्दै ओलीबिरुद्ध आक्रोश समेत पोखेका छन्।

एक प्रसंगमा उनले चीनले राजतन्त्रको अन्त्यपछि नेपालका राजनीतिक दलहरु, नेपाली सेना र सशस्त्र प्रहरीजस्ता संस्थाहरुतर्फ ध्यान केन्द्रित गरेको आरोप पनि लगाएका छन्।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  २ : २८ बजे

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको