भारतबाट नेपाल आएका ८२८ जना क्वारेन्टिनमा | Khabarhub Khabarhub

भारतबाट नेपाल आएका ८२८ जना क्वारेन्टिनमा


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- भारतबाट आएका ८२८ जनालाई क्वारेन्टिनमा राखिएको छ । भारतको विभिन्न ठाउँबाट लुकीछिपी जिल्लामा फर्किएका उनीहरुलाई बागलुङका विभिन्न क्वारेन्टिनमा राखिएको हो ।

गएको साता भारतबाट जिल्ला भित्रिएका ८२८ जनालाई जिल्लाका ८० वटा क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

कार्यालयका अनुसार बागलुङको बडिगाड गाउँपालिकाकास्थित क्वारेन्टिनमा सबैभन्दा बढी २५९ व्यक्तिलाई राखिएको छ भने सबैभन्दा कम १४ जना तमानखोला गाउँपालिकास्थित क्वारेन्टिनमा राखिएको छ ।

यसैगरी ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा १७३, निसीखोला गाउँपालिकाको क्वारेन्टिनमा १४४, बागलुङ नगरपालिकाको क्वारेन्टिनमा ४३, काठेखोला गाउँपालिकाको क्वारेन्टिनमा ३८, बरेङ गाउँपालिकाको क्वारेन्टिनमा ३८, ताराखोला गाउँपालिकाको क्वारेन्टिनमा ४२, जैमिनी नगरपालिकाको क्वारेन्टिनमा २४ र गलकोट नगरपालिकाको क्वारेन्टिनमा ५५ जना छन् ।

गत बुधबार क्वारेन्टिनमै रहेका तमानखोलाका चार र बडिगाडका दुईजनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित धवलागिरि अस्पतालको आइसोलेशन कक्षमा उपचाररत छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । क्वारेन्टिनमा बसेको पाँच दिन पुगेपछि थप व्यक्तिको कारोना जाँचका लागि स्वाब सङ्कलन गरिएको छ । बडिगाडका ३१ जनाको स्वाब पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा रिपोर्ट आउन बाँकी छ ।

निसीखोलाका ३८, जैमिनीका ६ र बागलुङ नगरपालिकाका पाँचजनाको स्वाब जाँचका लागि पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । तमानखोला र बडिगाडका सङ्क्रमितको ‘कन्ट्र्याक्ट ट्रेसिङ’ गर्ने कामसमेत शुरु भएको उनको भनाइ छ । “क्वारेन्टिन व्यवस्थापन र पिसिआर परीक्षणमै बढी केन्द्रित छौँ”, प्रमुख गुरौले भने, “भारतबाट आउने क्रम बढेसँगै सङ्क्रमण बढ्ने जोखिम छ ।” भारतबाट आउनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।

बडिगाड गाउँपालिकामा मात्र ५०० जनाभन्दा बढी भारतबाट आउने आँकलन गरिएको छ । तेस्रो मुलुकमा रहेका नागरिक पनि आउन थाले त्यो सङ्ख्या झनै बढ्नेछ । स्थानीय तहका लागि क्वारेन्टिन विस्तारसँगै गुणस्तर कायम राख्नु चुनौतीपूर्ण बनेको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने बताए । बडिगाडका क्वारेन्टिनमा रहेकामध्ये जम्मा आठजनामा गरिएको जाँचमा दुईजना सङ्क्रमित भेटिएका थिए ।

“भारतबाट आउनेको सङ्ख्या दैनिक बढेको छ, बडिगाड कोरोनाको उच्च जोखिममा छ”, अध्यक्ष पाइजाले भने । ५६ दिनपछि बुुधबार जिल्लामा ६ जना नयाँ सङ्क्रमित फेला परेका हुन् । त्यसअघि गत चैत १५ र २० गते भेटिएका दुई सङ्क्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । उनीहरु दुवैजना चैत ४ मा बेल्जियमबाट आएका थिए ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ५ : २५ बजे

महिनावारीको समयमा अत्यधिक रक्तश्राव भए के गर्ने ?

काठमाडौँ – महिनावारीको अवधिमा सामान्य भन्दा बढी रगत बग्नुलाई हेभी

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

पोखरा– गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर

कांग्रेसले ७७ जिल्लाका सभापति र उपसभापतिका लागि आज अभिमुखीकरण कार्यक्रम गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज ७७ वटै जिल्लाका सभापति र उपसभापतिका

वेस्ट हामलाई पराजित गर्दै चेल्सी चौथो स्थानमा

काठमाडौं – वेस्ट हाममाथि २-१ को कम ब्याक जितसहित चेल्सी

ट्रम्पको क्यानडा र मेक्सिकोलाई अतिरिक्त कर लिने निर्णय स्थगित

न्युयोर्क – क्यानडा र मेक्सिकोले सीमा सुरक्षामा कडाइ गर्ने प्रतिबद्धता