लिपुलेक विवाद वार्ताबाटै समाधान गर्नुपर्छ : भारतीय रक्षामन्त्री सिंह | Khabarhub Khabarhub

लिपुलेक विवाद वार्ताबाटै समाधान गर्नुपर्छ : भारतीय रक्षामन्त्री सिंह


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै समाधान गर्नुपर्ने बताएका छन् ।

भारतीय टेलिभिजन च्यानल आजतकसँगको अन्तर्वार्तामा रक्षामन्त्री सिंहले लिपुलेकलगायतका क्षेत्रको सीमा विवाद वार्ताद्वारा नै हल गरिने बताएका हुन् ।

सिंहले अन्तर्वार्तामा भने, ‘लिपुलेकको विषयमा नेपालसँग केही समस्या उत्पन्न भएको छ । त्यसलाई दुवै देश वार्तामा बसेर नै हल गर्छौं ।’ रक्षामन्त्री सिंहले नेपाल र भारतबीच पारिवारिक सम्बन्ध रहेको उल्लेख गर्दै सीमा विवाद वार्ताद्वारा सहजै हल हुने बताए ।

यसअघि गत वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले नै नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेका थिए ।

नेपाली पक्षसँग कुनै सल्लाह नगरी एकतर्फी रुपमा बनाइएको उक्त सडकको रक्षामन्त्री सिंहले दिल्लीबाटै भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए । त्यसपछि भारतले नेपाली भूमि मिचेको भन्दै सडकदेखि सदनसम्म विरोध भएको थियो ।

यही बीचमा नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको छ । भारतले भने नेपालले जारी गरेको नयाँ नक्सा आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ८ : ०७ बजे

यसकारण कस्सियो फाइभ–जी सञ्चालनको गाँठो

काठमाडौं – दक्षिण एसियामा सबैभन्दा पहिले तेस्रो पुस्ताको मोबाइल सेवा

 मकर संक्रान्तिको अवसरमा खिचडी भोज

जनकपुरधाम– मकर संक्रान्तिको अवसरमा आज जनकपुरधामका युवाहरूले खिचडी भोजको आयोजना

धनुषा धाममा मकर मेला

महेन्द्रनगर– यहाँको प्रसिद्ध धार्मिकस्थल धनुषा धाममा आज बिहानैदेखि एकमहिने मकर

कटारीको त्रिवेणीधाममा २० दिने मैनी मेला सुरु

काठमाडौं– कटारी नगरपालिका–२ खोक्सामा १५ दिनसम्म चल्ने त्रिवेणी मेला आजबाट

ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने महानगरको योजना

ललितपुर– ललितपुरका प्राचीन धरोहर लिच्छवीकालीन ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने