बजेट सन्तुलित छ : नेपाल चेम्बर « Khabarhub

बजेट सन्तुलित छ : नेपाल चेम्बर


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट समग्रमा सन्तुलित रहेको टिप्पणी गरेको छ ।

चेम्बरले बजेटमा जीवनरक्षाका सन्दर्भमा प्रस्तावित गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रको दायरा बिस्तार एवं पूर्वाधार विकासका लागि ठूलो स्रोत परिचालित गरिनु आफैँमा महत्वपूर्ण रहेको बताएको छ ।

चेम्बरले आज विज्ञप्तिमार्फत स्वास्थ्य तथा स्वास्थ्य पूर्वाधारमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन हुनु आफैँमा महत्वपूर्ण रहेको जनाएको छ । चेम्बरले आर्थिक पुनरुत्थानका लागि कूल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत अर्थात् झण्डै दुई खर्ब रुपैयाँको बजेट अपेक्षा गरिएकामा ५० अर्ब रुपैयाँ मात्रै प्रस्ताव गरिएको छ ।

सिमिति प्याकेजका रुपमा साना तथा मझौला व्यवसायका लागि पाँच प्रतिशत व्याज तोकिएकामा त्यसलाई घटाएर दुई प्रतिशत कायम हुनुपर्नेमा जोड दिइएको छ ।

किसान क्रेडिट कार्ड, भूमि बैंक आदि जस्ता व्यवस्थाले कृषिको व्यवसायीकरणलाई प्रोत्साहित गरेको, तीन हजार रुपैयाँ सम्मकाे ज्याला र पारिश्रमिक खर्च तथा दुई हजार रुपैयाँ सम्मको वस्तु र सेवा खरिदमा प्यान अनिवार्य नहुने व्यवस्थाले व्यवसायलाई केही सहजीकरण गर्ने चेम्बरको ठहर छ ।

पर्यटन उद्योगका सन्दर्भमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नेलगायत हवाई इन्धन र ग्राउण्ड ह्याण्डलिङ शुल्मा दिइएको सहुलियतसमेत सकारात्मक रहेको उल्लेख गर्दै चेम्बरले आर्थिक वृद्धिको लक्ष्य पूरा हुनेमा आशङ्का व्यक्त गरेको छ ।

राजस्व सङ्कलनको लक्ष्य महत्वाकाङ्क्षी र चुनौतीपूर्ण रहेको, रोजगारीमा महत्वाकाङ्क्षी कार्यक्रमका रुपमा तोकिएको लक्ष्य पूरा हुन अप्ठ्यारो पर्ने र भारतबाट झण्डै १५ लाख नागरिक फर्कंदा उनीहरुलाई व्यवस्थापन गर्नसमेत गाह्रो पर्नसक्ने जनाइएको छ ।

खर्च व्यवस्थापनका लागि आन्तरिक ऋणमा जोड दिइएको रु दुई खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको विषयले अर्थतन्त्रमा तरलता अभाव सिर्जना हुन्छ भने कर्जाको व्याजदरमा दबाब पर्ने सम्भावना रहेको भन्दै कृषि क्षेत्रमा जोड दिइएको भए पनि बजेटमा प्रतिस्पर्धी बनाउनेतर्फ ध्यान नदिइएको स्पष्ट पारेको छ ।

विद्युतीय सामग्रीको उपयोगमा प्रोत्साहन गर्ने बताइए तापनि विद्युतीय सवारी साधनको आयातमा कर लगाइएको र डिजेल पेट्रोलमा कर बढाइएको विषय नमिल्दो भएको जनाइएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ९ : ११ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय