ट्याक्सी व्यवसायीद्वारा काठमाडौंमा विरोध प्रदर्शन « Khabarhub

ट्याक्सी व्यवसायीद्वारा काठमाडौंमा विरोध प्रदर्शन


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित ट्याक्सी व्यवसायीहरु शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् ।

ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएका पर्चा शरीरमा टाँसेका छन् ।

सरकारले कोरोना संक्रमणको जोखिम रहेको भन्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : ४९ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम