गेटाफेको च्याम्पियन्स लिग छनोटको सम्भावना कायमै « Khabarhub

गेटाफेको च्याम्पियन्स लिग छनोटको सम्भावना कायमै


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा गेटाफेले रियल सोसियाडलाई पराजित गरेको छ ।

गेटाफेको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली रियल सोसियाड २–१ गोल अन्तरले पराजित भएको हो ।

जीतसँगै शीर्ष पाँच स्थानमा रहेको गेटाफेले अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायमै राखेको छ ।

पछिल्लो ५ खेलमा लगातार हारेको गेटाफेले सोमबार राति सोसियाडविरुद्ध भने जीत निकालेको छ । यो जीतले उसको  च्याम्पियन्स लिगमा छनोटको सम्भावना कायम राखेको हो ।

खेलको पहिलो हाफमा गेटाफले १–० गोलको अग्रता बनाएको थियो । खेलको २० औं मिनेटमा जेइमे मेटाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

यस्तै, खेलको ५५ औं मिनेटमा रियल सोसियाडका एड्नान जानुजाजले पहिलो गोल फर्काउँदै खेल १–१ गोल बराबरीमा रोकेका थिए ।

बराबरीमा रहेको खेलको ८३ औं मिनेटमा मेटाले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा गेटाफे २–१ गोलको अग्रता बनाएको थियो । मेटाको उक्त गोल निर्णायक बनेपछि सोसियाड पराजित हुन पुगेको हो ।

जीत हात पारेको गेटाफे ३२ खेलबाट ५२ अंकसहित लिगको पाँचौं स्थानमा छ भने पराजित रियल सोसियाड समान खेलमा ४७ अंकसहित ७ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ८ : ११ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब