को हुन्, ब्रम्हा, विष्णु र महेशकी जननी ? कसरी भयो त्रिदेवको जन्म ? « Khabarhub

को हुन्, ब्रम्हा, विष्णु र महेशकी जननी ? कसरी भयो त्रिदेवको जन्म ?


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भगवानको मुख्य रुप अर्थात ब्रम्हा, बिष्णु र महेशलाई मानिन्छ । यी तीनैलाई देवताहरुमा उत्तम देवताको रुपमा पुजिदै आएको छ । तर पुरा जगतका सञ्चालक यी त्रिदेव कसरी उत्पति भए ? यीनिहरुको जन्म कसरी भयो ?

हिन्दु धर्मशास्त्र वेदमा लेखिएको छ, परमेश्वर अजन्मा, अदृश्य र निराकार छन् । शिव पुराणमा समेत ब्रह्मा सत्य र अविकारी छन् भनेर उल्लेख छ। शुरुवातमा ब्रह्माण्ड अन्धकारमय थियो । त्यसबेला ब्रमाण्डमा पानी, आगो वा हावा थिएन । त्यसबेलाका अर्थात प्राचीन शास्त्रहरुमा ब्रह्मालाई सत् अर्थात् अविनाशी मानेका छन् ।

यीनै अविनाशी परब्रह्म निराकार परमात्माले आफ्नो लीला शक्तिले आकारको कल्पना गरे । जो मूर्ति रहित परब्रह्म हुन् ।

उनै सर्वोच्च ब्रह्म भगवान सदाशिव हुन् भन्ने धार्मीक मान्यता छ । उनैलाई इश्वर मानिन्छ । सदाशिवले स्वेच्छाबाट विग्रहको माध्यमले शक्तिको सिर्जना गरे ।

सदाशिवको त्यो परम शक्तिलाई प्रधान प्रकृति, गुणवती माया, बुद्धि तत्वको जननी तथा विकार रहित मान्ने गरिन्छ ।

त्यहि शक्तिलाई अम्बिका भनिन्छ । तर अम्बिका पार्वती वा सती भने होइन । तिनै अम्बिकालाई प्रकृति, सर्वेश्वरी, ब्रह्मा, विष्णु र महेशकी जननी, नित्य र मूल कारण भनिन्छ ।

यस अर्थमा अम्बिमा नै ब्रम्हा, बिष्णु र महेशकी आमा हुन् ।देवी भागवत पुराणको तेश्रो स्कन्द, अध्याय ५ मा ब्रह्मा, विष्णु, महेशको माता दुर्गा भएको र पिता ज्योति निरंजन काल भएको उल्लेख छ ।

यस अर्थमा अम्बिका वा माता दुर्गा एकै हुन् । जो त्रिदेवकी जननी हुन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १० : ३० बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।