प्रत्येक घरधुरीमा एक सदस्य एक फलफूल « Khabarhub

प्रत्येक घरधुरीमा एक सदस्य एक फलफूल


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीको अन्नपूर्ण गाउँपालिकाले प्रत्येक घरधुरीमा एक सदस्य एक फलफूल कार्यक्रमलाई अभियानका रूपमा अघि बढाउने भएको छ ।

गाउँपालिका क्षेत्रभित्र नदी किनारका जमीन, बेँसी, टार तथा खेतबारीका कान्लामा सम्भाव्य फलफूल खेती गरी यसको उत्पादन बढाउँदै आत्मनिर्भरताका लागि प्रत्येक घरधुरीमा एक सदस्य एक फलफूलको बिरुवा रोप्ने कार्यलाई अभियानका साथ अघि बढाइने अध्यक्ष युवराज कुँवरले बताए ।

अभियानका लागि गाउँपालिका क्षेत्रभित्र एक फलफूल नर्सरी सञ्चालन एवं विस्तार गरिने उनले बताए । उनले भने, “कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमीनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबालीका पकेट क्षेत्रको रूपमा घोषणा गरी मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादनका साथै माटोको परीक्षण गरी आधुनिक तरिकाले कृषिलाई व्यावसायीकरण गर्न प्रोत्साहित गरिने छ ।”

कुँवरका अनुसार कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण, विशिष्टीकरण र व्यावसायीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा गाउँपालिकाले जोड दिएको छ । गाउँपालिकाभित्र कृषिको सम्भावना भएका वडामा चिस्यान केन्द्र स्थापना गर्ने एवं उत्पादित कृषि उपजलाई बजारीकरणका लागि ढिकुरपोखरी र नयाँपुलमा कृषि उपज सङ्कलन तथा बजारीकरण केन्द्र स्थापना गरिने उनले बताए ।

ती केन्द्र कृषक समूहमार्फत सञ्चालन गरी उत्पादित वस्तुको उचित मूल्य प्राप्त गर्ने अवस्थाको सिर्जनाका लागि प्रेदशसँगको साझेदारीमा आवश्यक प्रक्रिया अगाडि बढाइने उनले बताए ।

नगदे बालीतर्फको विशेष जोनको रूपमा सञ्चालित कफी जोन, अलैँची जोन र सुन्तला पकेट जोनका कार्यक्रमलाई प्रदेशसँगको समन्वयमा विकास, विस्तार गर्नुका साथै स्थानीय किसानको आयआर्जनको मुख्य क्षेत्रका रूपमा स्थापित गर्दै जाने नीति लिइएको अध्यक्ष कुँवरले बताए ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १० : ५३ बजे

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक