सत्तारुढ नेकपाको स्थायी कमिटीमा कोरोना नियन्त्रणबारे छलफल हुँदै « Khabarhub

सत्तारुढ नेकपाको स्थायी कमिटीमा कोरोना नियन्त्रणबारे छलफल हुँदै


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक अहिले जारी छ ।

आज स्थायी कमिटी बैठकको चौथो दिन हो । असार १० गते सुरु भएको बैठक बीचबीचमा स्थगित हुँदै अहिले बसिरहेको छ ।

स्थायी कमिटी बैठकका लागि तय भएका एजेन्डाकै विषयमा आजको बैठकमा सदस्यहरुले धारणा राख्ने कार्यसूची रहेको छ ।

यसअघिका बैठकमा नेताहरुले नेपाल भारत सीमा विवाद र सीमा विवाद हल गर्न चाल्नुपर्ने कदमका विषयमा धारणाा राखेका थिए ।

यो एजेण्डामा केही सचिवालय सदस्यबाहेक धेरैले धारणा राखिसकेका छन् । यसमा सरकारले अतिक्रमित नेपाली भूमि समेटेर नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै भूमि भोगचलनका लागि पहल गर्न सुझाव दिइसकेका छन् ।

आजको बैठकमा कोभिड–१९ रोकथामको विषयमा पनि छलफल हुनेछ । बैठकमा उपस्थित स्थायी कमिटी सदस्यले यो एजेण्डा केन्द्रित छलफलमा सदस्यहरुले आ–आफ्ना धारणा राख्नेछन् ।

यसक्रममा नेताहरुले कोभिड नियन्त्रणमा सरकारले गरेका कामकारवाहीका विषयमा धारणा राख्नेछन् । साथै उनीहरुले औषधी उपकरण खरिदका क्रममा भएका अनियमितता र भ्रष्टाचारका विषय पनि उठाउने तयारी गरेका छन् । यसमा सरकारको आलोचना हुने निश्चित छ ।

कोभिड–१९ रोकथामपछि रहेको अर्को एजेण्डा समग्र सरकारका कामकारवाहीको समीक्षा गर्ने रहेको छ । विगतदेखि नै सरकारका कामकारवाही र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको कार्यशैलीप्रति नेकपाका नेताहरु असन्तुष्ट रहँदै आएका छन् । यो असन्तुष्टि उनीहरुले पार्टी बैठकमा समेत खुलेर पोख्नेछन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ११ : ०२ बजे

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता