महाधिवेशनको कार्यतालिका टुंग्याउन कांग्रेसको केन्द्रीय समिति बस्दै « Khabarhub

महाधिवेशनको कार्यतालिका टुंग्याउन कांग्रेसको केन्द्रीय समिति बस्दै

बैठक १ बजे सानेपामा बस्ने


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसमा केन्द्रीय महाधिवेशन यथावत राखी तल्लो तहका महाधिवेशन सार्ने बारे छलफल हुँदैछ । त्यसका लागि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (मंगलबार) बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेपछि बस्ने बैठकले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गरी निर्णय गर्ने जनाइएको छ । यसअघि यो विषयमा आइतबार महासमिति बैठकमा छलफल भएको थियो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र कोरोना भाइरसको महामारी नियन्त्रणमा भएका सरकारी प्रयासबारे समेत छलफल हुनेछ ।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म गर्ने तयारी छ । तर कोरोना भाइरसको महामारीका कारण त्यो भन्दा पहिले नै तल्लो तहका महाधिवेशन गर्न नसकिने भएकाले त्यसको कार्यतालिका हेरफेर गर्नेबारे कांग्रेसमा छलफल भइरहेको हो ।

कांग्रेसमा ८ तहको महाधिवेशन गर्नु पर्ने हुन्छ । तर कोरोना भाइरसको महामारीका कारण फागुनमा हुने केन्द्रीय महाधिवेशन पूर्व ती सबै महाधिवेशन गर्न सम्भव नदेखिएकाले सार्ने बारे बैठकमा छलफल हुने जनाइएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले फागुनको महाधिवेशन गर्नका लागि तयारी थाल्न सभापति शेरबहादुर देउवामाथि लगातार दबाब दिँदै आएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १२ : ४२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल