स्थायी कमिटीमा प्रधानमन्त्रीलाई प्रश्न- भारतले हटाउन खोज्यो भनेको के हो ? « Khabarhub

स्थायी कमिटीमा प्रधानमन्त्रीलाई प्रश्न- भारतले हटाउन खोज्यो भनेको के हो ?


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ ।

जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले धारणा राखेका छन्।

आफ्नो धारणा राख्ने क्रममा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले प्रधानमन्त्रीबाट हटाउन लागेको भन्ने कुरा के हो भन्ने सोधेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार मदन जयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेपालको भूमि समेटिएको नक्सा सार्वजनिक भएपछि भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको बताएका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार आज धारणा राख्ने नेताहरुले भारतले नेपालको प्रधानमन्त्री हटाउने भन्ने कुरा गम्भीर रहेको भन्दै यस विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका थिए ।

तीन नेताले धारणा राखेपछि बैठकमा खाजा ब्रेक भएको छ । ब्रेकपछि बैठक पुन: बस्ने छ । यसअघि स्थायी कमिटीको दोस्रो बैठकमा सहभागी नभएका प्रधानमन्त्री तेस्रो बैठकमा एकछिन सहभागी भएर बाहिरिएका थिए ।

आजको बैठकमा भने प्रधानमन्त्री ओली सुरुदेखि नै सहभागी छन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ३ : २२ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका