स्थायी कमिटीमा प्रधानमन्त्रीलाई प्रश्न- भारतले हटाउन खोज्यो भनेको के हो ? « Khabarhub

स्थायी कमिटीमा प्रधानमन्त्रीलाई प्रश्न- भारतले हटाउन खोज्यो भनेको के हो ?


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ ।

जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले धारणा राखेका छन्।

आफ्नो धारणा राख्ने क्रममा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले प्रधानमन्त्रीबाट हटाउन लागेको भन्ने कुरा के हो भन्ने सोधेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार मदन जयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेपालको भूमि समेटिएको नक्सा सार्वजनिक भएपछि भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको बताएका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार आज धारणा राख्ने नेताहरुले भारतले नेपालको प्रधानमन्त्री हटाउने भन्ने कुरा गम्भीर रहेको भन्दै यस विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका थिए ।

तीन नेताले धारणा राखेपछि बैठकमा खाजा ब्रेक भएको छ । ब्रेकपछि बैठक पुन: बस्ने छ । यसअघि स्थायी कमिटीको दोस्रो बैठकमा सहभागी नभएका प्रधानमन्त्री तेस्रो बैठकमा एकछिन सहभागी भएर बाहिरिएका थिए ।

आजको बैठकमा भने प्रधानमन्त्री ओली सुरुदेखि नै सहभागी छन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ३ : २२ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही