यी हुन पाँच सय भन्दा बढी कोरोना संक्रमित देखिएका नेपालका ७ जिल्ला « Khabarhub

यी हुन पाँच सय भन्दा बढी कोरोना संक्रमित देखिएका नेपालका ७ जिल्ला


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका सात जिल्लामा पाँच सयभन्दा बढी कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश नम्बर २ का रौतहट,महोत्तरी र सर्लाही, प्रदेश नम्बर ५ का कपिलवस्तु र दाङ, कर्णाली प्रदेशको दैलेख र सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा पाँच सय भन्दा बढी कोरोा संक्रमित देखिएका छन्।

हालसम्म रौतहटमा एक हजार ३ सय ३५ जना, महोत्तरीमा ६ सय ७४, सलार्हीमा ६ सय ५२, कपिलबस्तुमा ७ सय ४५, दाङमा ५ सय ९०, कैलालीमा ५ सय ७३ र दैलेखमा ७ सय ६१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो।

नेपालमा हालसम्म ७७ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १३ हजार ५ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये २९ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ९४ जना संक्रमणमुक्त भइ घर फर्किएका छन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ५ : १० बजे

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको