पर्यटनमन्त्री भट्टराईले गरे मन्त्रालयको छड्के निरीक्षण « Khabarhub

पर्यटनमन्त्री भट्टराईले गरे मन्त्रालयको छड्के निरीक्षण


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् ।

मन्त्रालय मातहतका काम कारवाहीलाई परिणाममुखी बनाउन मन्त्री भट्टराईले आज मन्त्रालयका विभिन्न महाशाखाको छड्के निरीक्षण गरेका हुन् ।

पर्यटनमन्त्री भट्टराईले यही असार १४ गते मन्त्रालय मातहतका प्रमुखलाई बोलाएर आगामी आवको योजना कार्यक्रमबारे छलफल गर्दै कामलाई नतिजामुखी बनाउन र काम नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिएका थिए ।

निरीक्षणको क्रममा केही शाखामा कर्मचारीको अनुपस्थिति रहेको पाइएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई कर्मचारी के कारणले उपस्थित हुन नसकेको हो, सो बुझी कर्मचारी नियमितरुपमा कार्यालय समयमा उपस्थिति हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

मन्त्री भट्टराईले कार्यालयको सरसफाइ र कार्यालयको लेआउटमा ध्यान दिनसमेत कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्को निर्णयबमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिएका छन् ।

निरीक्षणपछि मन्त्री भट्टराईले पर्यटन मन्त्रालय मातहतमा रहेका सबै कार्यालयको क्रमैसँग निरीक्षण गर्ने बताए ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ५ : ५५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया