तिलोत्तमाका किसानलाई बोयर प्रजातिको बोका अनुदान « Khabarhub

तिलोत्तमाका किसानलाई बोयर प्रजातिको बोका अनुदान


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिलोत्तमा नगरपालिकाले व्यावसायिक बाख्रापालनलाई प्रोत्साहन गर्न किसानलाई अनुदानमा बोयर जातको बोका दिएको छ ।

नगरपालिकाले प्रजनन प्रयोजनका लागि किसानलाई शतप्रतिशत अनुदानमा बोयर जातको बोका दिएको हो ।

पशु सेवा शाखाले गरेको सूचनानुसार माग गर्ने पाँच बाखापालन फार्मलाई बोयर जातको बोका दिइएको नायब पशु सेवा प्राविधिक राजु कुँवरले जानकारी दिए ।

नगर उपप्रमुख जागेश्वरी चौधरीले आज किसानलाई बोका हस्तान्तरण गर्दै नगरपालिकाले व्यवसायिक कृषि प्रवर्द्धनका लागि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

किसानको मागलाई ध्यानमा राखी नगरपालिकाले वडा नं ७ को मिलिजुली बाख्रा पालन समूह, वडा नं ११ को भुजेल बाख्रा फार्म, वडा नं १२ का शान व्यावसायिक बाख्रा फार्म र पोख्रेली बाख्रा फार्म तथा वडा नं १ को लुम्बिनी गट फार्मलाई बोयर जातका बोका प्रदान गरेको हो ।

अनुदानमा दिइएका बोकाको तौल ३६ देखि ४२ किलोसम्म छ । सो अवसरमा किसानलाई आन्तरिक परजीवीविरुद्धको औषधिसमेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : ३२ बजे

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल

राष्ट्रियसभा कार्यव्यवस्था बैठक- उपाध्यक्ष र समिति सभापतिको निर्वाचन अघि बढाइने

काठमाडौं– राष्ट्रिय सभाले सभाको उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया

पूर्णबहादुरको वक्तव्य अनधिकृत, फेरि दोहोर्‍याए कांग्रेसले कारबाही गर्ने

काठमाडौं- नेपाली कांग्रेस अनुशासन समितिको बैठकले चौधौँ महाधिवेशनका उपसभापति पूर्णबहादुर

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं– गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो