कर्णाली नदीको बहाव बढ्यो « Khabarhub

कर्णाली नदीको बहाव बढ्यो


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

बाजुराको केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका छन् । पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा पानीको बहाव बढेको स्वामीकार्तिक गाउँपालिका–४ वाइका वडाध्यक्ष काशीराम कैलाले जानकारी दिए ।

कर्णाली नदीमा पानीको बहाव बढेसँगै जगन्नाथ र स्वामीकार्तिक गाउँपालिका जोड्ने पिलुचौर झोलुङ्गे पुल जोखिममा परेको उनले बताए ।

नदीमा पानीको बहाव बढेकाले सचेत र सतर्कता अपनाउन आग्रह गरेको  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  आधा दर्जनौँ पुल जोखिममा परेका बताइएको  छ ।

वाई बाँधु, गोत्री साप्पाटा र रुगिन मुगु बाजुरा हुम्ला जोडने  पुल जोखिममा रहेका हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले जानकारी दिए ।

स्थानीयलाई आवतजाजावत गर्न कठिन भएको छ । नदीमा बनाइका पुल वर्षौंदेखि पूराना र जीर्ण बन्दै गएका छन्  । नदीमा पानीको बहाव नाप्ने  यन्त्र नहुँदा अध्ययन गर्न असहज भएको बताइएको छ ।

कर्णाली नदीमा पानी बढ्दै गएपछि बाजुरा, हुम्ला, कालीकोट अछाम, सुर्खेतका कर्णाली नदीको तटीय क्षेत्रमा जोखिम बढेको हो ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ९ : ०३ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते