नेपाललाई स्वर्ण दिलाउने मन्डेकाजी ५ लाख नगदसहित सम्मानित « Khabarhub

नेपाललाई स्वर्ण दिलाउने मन्डेकाजी ५ लाख नगदसहित सम्मानित


१५ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुदमा नेपालको तर्फबाट पहिलो स्वर्ण पदक विजेता एवम् नेपाललाई दुई स्वर्ण पदक दिलाउन सफल कराँतेका मण्डेकाजी श्रेष्ठ सम्मानित भएका छन् ।

बिहीबार बिहान धादिङ जिल्ला फुटवल संघका अध्यक्ष दिपक खतिवडाको समन्वयमा कर्मा कन्ट्रक्सन र गुडविल बिलडर्सले संयुक्त रुपमा पाँच लाखसहित सम्मान गरेको हो ।

ललितपुरस्थित होटल भिभान्तामा एक अनौपचारिक कार्यक्रमको आयोजना गरि श्रेष्ठलाई सम्मान गरिएको हो ।

सम्मानका लागि गुड विल विल्डर्स तथा धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडा र करातेका पूर्वराष्ट्रिय खेलाडी रवि महर्जनले आर्थिक व्यवस्था गरेका थिए ।

त्यस्तै कार्यक्रममा गजुरियो करातेका केन्द्रीय कोषाध्यक्ष एवम् मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टिलका सीईओ रोसिद उनिथान र स्थानीय समाजसेवी युनश डंगोलको सहभागिता थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ११ : ४० बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर