४ महिनापछि खुले दामनका होटल « Khabarhub

४ महिनापछि खुले दामनका होटल


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटल चार महिनाको लकडाउनपछि आजदेखि खुलेका छन् ।

पर्यटकीय दृष्टिले महत्वपूर्ण दामनसहित थाहानगरको पालुङ, टिस्टुङ र चित्लाङका होटल खुलेको थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिए ।

सरकारले गत असार २६ गतेबाट लकडाउन खोले पनि होटल भने स्वास्थ्य सुरक्षाका उपाय अपनाएर साउन १५ गतेबाट मात्र सञ्चालनमा ल्याउन सकिने निर्णय गरेअनुसार आजबाट दामनका होटल खुलेका हुन् ।

एशोसिएशनको गत साउन १ गतेको बैठकले साउन १५ गतेबाट एशोसिएशनमा आवद्ध होटल स्वास्थ्य सुरक्षा अपनाएर पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

वर्षायाम भएको र अझै लामो दूरीका सवारी सञ्चालनमा नआएका कारण अपेक्षाकृत पर्यटकको सङ्ख्या कम हुने भएपनि आन्तरिक पर्यटनमा सहयोग पुर्‍याउन होटल पुनःसञ्चालनमा ल्याइएको एशोसिएशनका महासचिव उकेशचन्द्र केसीले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १ : १६ बजे

डिजिटल पूर्वाधार सुरक्षामा श्रीलंकाको निर्णायक कदम

एजेन्सी– श्रीलंकाले बढ्दो डिजिटल जोखिम र प्रविधिसम्बन्धी अपराधलाई ध्यानमा राख्दै

निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरू बङ्गलादेशमा

एजेन्सी– बङ्गलादेशमा बिहिबारलाई तय भएको १३ औं आम चुनाव र

चितवन-२ : रविको हल्ला, मिनाको सल्लाह

काठमाडौं- चितवन क्षेत्र नम्बर–२ मा चर्चित प्रतिस्पर्धीराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

कपिलवस्तुमा भेटियो नेपालको पहिलो अप्सिडल बौद्ध मन्दिर

काठमाडौं– कपिलवस्तुमा नेपालको पहिलो अप्सिडल बौद्ध मन्दिरको उदाहरण पत्ता लागेको

निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र

काठमाडौं– केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी प्राप्त भई