प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४४ पुग्यो « Khabarhub

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४४ पुग्यो


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा थप ९ प्रहरीमा कोरोना पुष्टि भएको हो । थप ९ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेरबहादुर कडायतले भने, ‘थप ९ जनामा कोरोना पुष्टि भएको जानकारी आएको छ। उहाँहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङ गरिरहेका छ।’

यससँगै प्रहरी प्रधानकार्यालय नक्सालमा कार्यरत ४४ जनामा कोरोना पुष्टि भइसकेको छ । प्रहरी प्रधान कार्यालयको सञ्चार, सवारी शाखा लगायतमा कार्यारत प्रहरीमा कोरोना देखिएको हो । यससँगै देशभर संक्रमित प्रहरीको सङ्ख्या २ सय २१ पुगेको छ ।

बिगत एक हप्ता अघिदेखि प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीहरूमा कन्ट्याक ट्रेसिङ र परिक्षणको क्रम जारी छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १ : ४३ बजे

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार