अधिवेशन नगरी महाधिवेशन प्रतिनिधि ल्याउन पाइँदैन : पौडेल « Khabarhub

अधिवेशन नगरी महाधिवेशन प्रतिनिधि ल्याउन पाइँदैन : पौडेल


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिवेशन नगरी भ्रातृ संगठन र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि ल्याउन नपाइने बताएका छन् ।

उनले बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसको नेतृत्वले विधानको अक्षरश: पालना गर्नुपर्ने बताएका छन् ।

उनले भने, “विधानको अक्षरश: पालना हुनुपर्छ । पालना गरेर अगाडि बढ्नुपर्छ । अधिवेशन नगरी भ्रातृ संगठन र जनसम्पर्क समितिबाट महाधिवशनमा प्रतिनिधि ल्याउन पाइँदैन ।”

पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल समूहले सभापति देउवाले पद र प्रलोभन बाँडेर विधान र पार्टीको निर्वाचन आचार संहिताविपरीत कार्यकाल केन्द्रमा पेस गरेको भन्दै आपत्ति जनाएको छ ।

नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाले सभापति देउवालाई लेखेको पत्रमा भनिएको छ, “पार्टीमा दशकौंदेखि रगत–पसिना भिजाएका साथीहरुलाई वडा, क्षेत्र र जिल्लामै बहिस्कृत गराउने वा उहाँहरुको मनोवल गिराउने, पार्टी जीवन तहसनहस वा तेजोबोध गर्ने खालका अन्यायपूर्ण काम किमार्थ हुनु हुँदैन ।”

पत्रकार सम्मेलनमा पौडेलले सभापति देउवाले जति गल्ती गर्दै जान्छन् त्यति नै सशक्त दबाब बढाउँदै लगिने बताएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ३ : ४५ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको