आज थपिए २७४ संक्रमित, २२७ संक्रमणमुक्त (विवरणसहित) | Khabarhub Khabarhub

आज थपिए २७४ संक्रमित, २२७ संक्रमणमुक्त (विवरणसहित)

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५२ पुग्यो


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा विहीबार थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ६ हजार ३०४ जनाको कोरोना परीक्षण गरिएको थियो ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका २ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, उदयपुरका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ३ जना, सर्लाहीका एकजना र मोरङ २ जना संक्रमित भएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १४ जना, महोत्तरीका ४ जना, नवलपसारीका एकजना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ६ जना र पर्साका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, काठमाडौंका १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा बाराका ५ जना र चितवनका एकजना, दोलखाका एकजना, गोरखाका एकजना, काठमाडौंका १३ जना महोत्तरीका एकजना, रौतहटका २ जना, सर्लाहीका एकजना र सप्तरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ४ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा अर्धाखाँचीका एकजना, कपिलवस्तुका एकजना र प्युठानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा बाराका एकजना, दाङका एकजना, धादिङका ४ जना, काठमाडौंका ४ जना, खोटाङका एकजना, नुवाकोटका २ जना, पर्साका एकजना, सर्लाहीका २ जना र स्याङ्जाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंमा ३ जना, स्टार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका २ जना महोत्तरीका एकजना र पर्साका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा लमजुङका एकजना, कास्कीका एकजना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ६ जना, कास्कीका २ जना, लमजुङका २ जना, तनहुँका ३ जना, स्याङ्जाका ११ जना र नवलपरासी पूर्वका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका एकजना, बाँकेका २० जना, बर्दियाका ८ जना, दाङका २ जना, कंचनपुरका एकजना, प्युठानका एकजना, सर्लाहीका एकजना र सुर्खेतका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रुपन्देहीका एकजना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा मुगुका एकजना, सल्यानका ३ जना, सुर्खेतका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पीसीआर प्रयोगशाला दैलेखमा गरिएको परीक्षणमा दैलेखका १० जना, चौरजहारी नगरपालीका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा जाजरकोटका एकजना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका एकजना, कैलालीका ५ जना र कंचनपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप २२७ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार २४८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।

५ हजार २२७ सक्रिय सक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ५ : ०१ बजे

‘व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्न सरकार अग्रसर’

ललितपुर– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा

खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत

चैनपुर– तारा थापालाई एकैपटक टाउको दुख्ने, रिङ्गाटा लाग्ने, ज्वरो आउनेलगायत

प्रथम अन्नपूर्ण हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी – पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम

जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं– सनथ जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षक नियुक्त भएका छन्

दसैँमा पनि वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा