कोरोना भाइरसबाट मृत्यु हुनेको ६ लाख ७० हजार नाघ्यो | Khabarhub Khabarhub

कोरोना भाइरसबाट मृत्यु हुनेको ६ लाख ७० हजार नाघ्यो


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा – विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ७० हजार ५४८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले बिहीबार जानकारी दिएको छ ।

सो सङ्गठनका अनुसार बिहीबारसम्म विश्वभरीमा एक करोड ७२ लाख ३ हजार ९७३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ७ लाख १९ हजार १०४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५८ लाख १४ हजार ३२१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार ३९६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४५ लाख ६८ हजार ३७५ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५३ हजार ८४५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३९ लाख ५२ हजार ४४० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३९ हजार ७८१ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ५३ लाख ६० हजार २०० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख २६ हजार ८३ जनाको मृत्यु भएको छ ।

युरोपमा २८ लाख ४० हजार ३४३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख दुई हजार ३४६ को मृत्यु भएको छ ।

एशियामा ४१ लाख ३७ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९४ हजार १९४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा आठ लाख ९५ हजार १५७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८ हजार ९०८ जनाको मृत्यु भएको छ ।

ओसियानामा १८ हजार ३२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २१३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ५ : १६ बजे

भारतको राजस्थानसँग आज पहिलो खेल खेल्दै नेपाल

काठमाडौं – नेपाली महिला राष्ट्रिय टिम मैत्रीपूर्ण खेलका लागि यत्तिबेला

विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सुविधालाई लक्षित

चार दिनदेखि विद्युत आपूर्ति बन्द

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ ।

एआईमा चीन भन्दा अमेरिका अगाडि, आविष्कारसँगै व्यावहारिक प्रयोगको अभ्यास

जेनेभा – संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई)

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी– कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ ।