मित्रराष्ट्रलाई चिड्याएर मुलुक समृद्ध बन्दैन : डा भट्टराई « Khabarhub

मित्रराष्ट्रलाई चिड्याएर मुलुक समृद्ध बन्दैन : डा भट्टराई


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले छिमेकी मुलुकबाट व्यावसायिक फाइदा लिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् ।

सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले छिमेकी तथा मित्रराष्ट्रलाई चिड्याएर मुलुक समृद्ध बन्न नसक्ने बताए ।

भारतसँग पछिल्लो समय देखिएको सिमा विवादलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिँदै उनले छिमेकीलाई चिड्याएर होइन्, उनीहरुसँग मित्रवत व्यवहार देखाउनुपर्ने बताए ।

जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले छिमेकी तथा मित्रराष्ट्रको विषयमा सधैँ चिड्याउने ढङ्गले उटपट्याङ बोल्ने गरेकाले परराष्ट्र सम्बन्ध नै बिग्रिन थालेको आरोप लगाए ।

पूर्वसञ्चारमन्त्री राजकिशोर यादव, प्रदेश नं २ का आर्थिक मामिला तथा कानूनमन्त्री विजयकुमार यादव लगायतले छिमेकी देशसँगको सम्बन्धलाई सहज बनाउनुपर्नेमा जोड दिए ।

विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई पूर्वप्रधानमन्त्री डा भट्टराई, अध्यक्ष यादव लगायतले पार्टी प्रवेश गराएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ९ : ४१ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै