कोरोना संक्रमित बढेपछि शुक्रबारबाट महोत्तरीमा निषेधाज्ञा | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि शुक्रबारबाट महोत्तरीमा निषेधाज्ञा


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि महोत्तरीको सदरमुकाम जलेश्वर र महोत्तरी गाउँपालिकाको वडा नंं ३ र ५ मा शुक्रबारबाट निषेधाज्ञा लागू हुने भएको छ ।

बिहीबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण जिल्ला समितिको बैठकले शुक्रबार राति ११ बजेदेखि लागू हुनेगरी पाँच दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।

सदरमुकामको बजार क्षेत्र र महोत्तरी गाउँपालिका वडा नं. २ र ५ मा पाँचदिनको लागि निषेधाज्ञा लगाउने निर्णय भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

जलेश्वर सदरमुकामको पूर्व भार्गवसर कुट्टी, पश्चिममा रावि क्याम्पस, उत्तरमा नेपाली सेनाको प्रकौली व्यारेक र दक्षिणमा रातोपुलसम्मको क्षेत्रमा निषेधाज्ञा लागू हुने समितिले जनाएको छ । यस्तै महोत्तरी गाउँपालिकाको वाडा नं. ३ र ५ मा सोही समयदेखि निषेधाज्ञा लागू हुने छ ।

एकसाता अघि महोत्तरी गाउँपालिका ३ का ६४ वर्षीय कोरोना संक्रमण पुरुषको उपचारको क्रममा धरानस्थित बीपी कोइराला विज्ञान प्रष्ठिानमा मृत्यु भएको थियो।

उनको शव व्यवस्थापनमा खटेका तीनजना नेपाली सेना, दुईजना मृतकका परिवारका सदस्य र पाँचजना छिमेकलाई कोरोना संक्रमण भएपछि थप जोखिम हुन नदिन प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ ।

यस्तै वडा नं. ५ मा ज्वरोको लक्षण भएका बिरामीहरु धमाधम फेला पर्न थालेपछि कोरोनाको आशंकामा उक्त वडामा पनि निषेधाज्ञा गर्ने समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।

निषेधाज्ञा लागू गरिने क्षेत्रभित्रमा अति आवश्यक बाहेक सबै कार्यालय र सेवाहरु बन्द रहने जनाइएको छ।

जिल्ला प्रशासनले जारी गरेको सूचना

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १० : १४ बजे

तुइन खोलामा पहिरो झर्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध

काठमाडौं – तुइन खोला नजिक पहिरो झर्दा मुग्लिन नारायणगढ सडक

रास्वपाले वृहत राजनीति संवाद गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वृहत राजनीति संवाद गर्ने भएको

निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

भद्रपुर– मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा चार करोड २०

भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक

काठमाडौं – अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल

‘स्टोरकिपर’ हाँस्दा रोएको सुशासन !

अघिल्लो सरकारको पालामा देशको विशिष्ट पदका व्यक्तिको विषयमा लेखिएको पुस्तकको