चितवनमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

चितवनमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार अबेर राति संक्रमण पुष्टि भएका १२० जनामध्ये १०२ जना चितवनका हुन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएका ६५ जनामध्ये ६१ चितवनका हुन् ।

धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका संक्रमित देखिएका छन् । यस्तै भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेको उनले जानकारी दिए ।

चितवनमा मात्रै १०२ जना संक्रमित थपिएपछि जिल्लामा संक्रिमितको सङ्ख्या ६२७ पुगेको छ । तीमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ३६४ जना छन् । त्यस्तै रत्ननगरका ८२, राप्तीका ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका नौ र इच्छाकामना गाउँपालिकाका तीन जना रहेका छन् ।

शनिबार नै चितवन मेडिकल कलेजमा उपचार गराइरहेका दुई जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै चितवनमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ । तीमध्ये चार चितवनका हुन् भने अन्य अरू जिल्लाका हुन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ७ : २१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको