विश्वभर  साढे २ करोड मानिसमा कोरोना संक्रमण, ६९ प्रतिशत निको « Khabarhub

विश्वभर  साढे २ करोड मानिसमा कोरोना संक्रमण, ६९ प्रतिशत निको


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर साढे दुई करोडभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार १८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै आइतबार यो समाचार तयार पार्दासम्म २ करोड ५१ लाख ६२ हजार १८९ जनामा संक्रमण भएको छ ।

संक्रमितमध्ये ६९.५६ प्रतिशत अर्थात १ करोड ७५ लाख ४ हजार २१९ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै एकै दिन थप ५ हजार २७९ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ४६ हजार ६४२ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ७ हजार १९७ जनाको मृत्यु भएको छ । ३५ लाख ३३ हजार २१७ जना संक्रमित भएकोमा २० लाख ५८ हजार ७२५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६९ हजार ७४७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७२ लाख ७० हजार ४१८ पुगेको छ । त्यसमध्ये ४१ लाख ८० हजार ६७३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३९ हजार ६३५ जनाको मृत्यु भएको छ । ६८ लाख ८९ हजार ११० जना संक्रमित भएकोमा ५४ लाख ९८ हजार ३५८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९९ हजार ९३६ जनाको मृत्यु भएको छ । ६१ लाख ९८ हजार ४२६ जना संक्रमित भएकोमा ४७ लाख ६९ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २९ हजार ४७२ जनाको ज्यान गएको छ भने १२ लाख ४१ हजार ९१२ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ७२ हजार ९०८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६४० जनाको मृत्यु भएको छ । २८ हजार ३८५ जना संक्रमित भएकोमा २२ हजार ९०६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ७ : १५ बजे

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार