विश्वभर  साढे २ करोड मानिसमा कोरोना संक्रमण, ६९ प्रतिशत निको | Khabarhub Khabarhub

विश्वभर  साढे २ करोड मानिसमा कोरोना संक्रमण, ६९ प्रतिशत निको


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर साढे दुई करोडभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार १८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै आइतबार यो समाचार तयार पार्दासम्म २ करोड ५१ लाख ६२ हजार १८९ जनामा संक्रमण भएको छ ।

संक्रमितमध्ये ६९.५६ प्रतिशत अर्थात १ करोड ७५ लाख ४ हजार २१९ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै एकै दिन थप ५ हजार २७९ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ४६ हजार ६४२ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ७ हजार १९७ जनाको मृत्यु भएको छ । ३५ लाख ३३ हजार २१७ जना संक्रमित भएकोमा २० लाख ५८ हजार ७२५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६९ हजार ७४७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७२ लाख ७० हजार ४१८ पुगेको छ । त्यसमध्ये ४१ लाख ८० हजार ६७३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३९ हजार ६३५ जनाको मृत्यु भएको छ । ६८ लाख ८९ हजार ११० जना संक्रमित भएकोमा ५४ लाख ९८ हजार ३५८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९९ हजार ९३६ जनाको मृत्यु भएको छ । ६१ लाख ९८ हजार ४२६ जना संक्रमित भएकोमा ४७ लाख ६९ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २९ हजार ४७२ जनाको ज्यान गएको छ भने १२ लाख ४१ हजार ९१२ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ७२ हजार ९०८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६४० जनाको मृत्यु भएको छ । २८ हजार ३८५ जना संक्रमित भएकोमा २२ हजार ९०६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ७ : १५ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार