बागलुङमा भोज खुवाउनेमै कोरोना संक्रमण, ७० जनाको कोरोना परीक्षण गरिदै « Khabarhub

बागलुङमा भोज खुवाउनेमै कोरोना संक्रमण, ७० जनाको कोरोना परीक्षण गरिदै


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् ।

बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ ।  तर, बागलुङ–१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउँदा समुदायमै कोरोनाले भयावह रूप लिन सक्ने आशंका गरिएको छ ।

लमजुङबाट आएका एक व्यक्तिले भदौ १ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाएर खसी काटेर भोज खुवाएको खुलेको छ । न्वारनमा भोज खाएका गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

भोजमा पाहुना, आफन्तलगायतबाट ७० जना ‘क्लोज कन्ट्याक्ट’का रूपमा सहभागी भएको पाइएपछि उनीहरुको स्वाब संकलन गरिएको हो ।

गलुवा पुगेका २३ वर्षका सेनामा ११ गते कोरोना पुष्टि भएसँगै भोजमा सहभागी पण्डित, पाहुना तथा अतिथिसहित ७० जनाको स्वाब  संकलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्ली आचार्यले जानकारी दिए ।

‘कोरोना समुदायमा गइसेकेको अवस्थामा न्वारनमा सचेत व्यक्तिबाटै स्वास्थ्य मापदण्ड नअपनाई भोज गरेको पाइयो’, आचार्यले भने ‘न्वारनमा भोज दिनेमै कोरोना देखिएपछि ७० जनाको स्वाब सङ्कलन गरेका छौँ, समाजमा सामान्य सचेतना नअपनाउँदा भयावहको अवस्था आउन सक्छ ।’

संक्रमितका परिवारमा कोरोनाको लक्षणसमेत देखिएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्नेजस्ता समस्या देखिन थालेको छ । स्वाब संकलन गरिएका ७० मध्ये न्वारान गरिएकी २२ दिनकी छोरीसमेत छन् ।

बागलुङमा नगरभित्रको समुदायस्तरमा एक दर्जन व्यक्तिलाई कोरोना पुष्टि भइसकेको छ । संक्रमण बढेपछि नगरपालिकाभर भदौ १५ गतेसम्म निषेधाज्ञा जारी छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ९ : ०० बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका