१२ वर्षदेखि प्रेममा परेकी सायराले यसरी दिलीपसँग विवाह गरिन « Khabarhub

१२ वर्षदेखि प्रेममा परेकी सायराले यसरी दिलीपसँग विवाह गरिन


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत अगस्ट २३ बाट बलिउडकी दिग्गज अभिनेत्री सायरा बानो ७६ वर्षकी भइन् । अहिलेका पुस्ता उनलाई पुरानो फिल्म पडोसनकी नायिका वा दिलीप कुमारकी पत्नीका रुपमा चिन्दछन् । तर सायरा आफ्नो समयकी अंग्रेजी बोल्ने सबैभन्दा चर्चित अभिनेत्री थिइन् ।
सायरा बानो यति धेरै सुन्दर थिइन् कि त्यस समयका हरेक अभिनेता उनीसंग काम गर्ने चाहना राख्दथे । सायराले केवन १९ वर्षको उमेरमा शम्मी कपूरका साथ फिल्म जंगलीबाट बलिउडमा डेब्यु गरेकी थिइन् ।
सायराका बारेमा एक रोचक प्रसंग निकै चर्चामा थियो । सायरा सानो उमेरमा केटासाथीहरु खेल्दा आफुलाई केटा नै भएको ठान्दथिइन् । तर जब उनी १२ वर्षकी भइन् त्यो बेला उनले पहिलो पटक दिलीप कुमारको आन फिल्म हेरिन् । दिलीपलाई देखेपछि सानै उमेरमा सायराले उनलाई मन पराउन थालिन् । त्यसबेला मात्र उनले आफु केटी भएको महशुस गरिन् । त्यसयता मात्र सायराले केटीको पहिरन् लगाउन थालिन् ।
सायरा बानोले बालिका उमेरबाट वृद्ध उमेरसम्मको जीवनमा मात्र एक मानिससंग प्रेम गरिन् ती थिए दिलीप कुमार । दिलीपलाई मनमनै मन पराएकी उनी किशोर उमेरमा मुम्बई आईन् ।
त्यसबेला उनलाई धेरै फिल्मको अफर आए । उनले यस कारण मात्र फिल्म खेलिन् किनकी यहि क्षेत्रमा दिलीप काम गर्दथे ।
उनले शम्मी कपूरका साथ खेलेको पहिलो फिल्म सुपरहिट भयो । त्यस पश्चात उनी रातारात बलिउडकी सुपरस्टार बनिन् । जब सायरा र दिलीपको भेट भयो तब उनले १२ वर्षको उमेरदेखि मन पराएको बताइन् । यो कुरा सुनेर दिलीप हाँसे मात्र ।
जसका कारण सायरा दिलीपसंग रिसाइन् । तर पवित्र प्रेमको शक्ति नै मानौ अन्ततः ४४ वर्षको उमेरमा दिलिपले २२ बर्षिया सायरासंग विवाह गरे ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  १० : २३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन