भरतपुरको कोभिड-१९ आइसोलेसन केन्द्र सञ्चालनमा « Khabarhub

भरतपुरको कोभिड-१९ आइसोलेसन केन्द्र सञ्चालनमा


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुरमा आजदेखि कोभिड-१९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका-१ बागेश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ शय्याको आइसोलेसन सञ्चालनमा आएको हो ।

आज आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइसोलेसनको शुभारम्भ गर्दै कोरोना सङ्क्रमण देखिएका पहिलो चरणका बिरामीलाई योग तथा प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गरिने बताइन । उनले भनिन्, “भरतपुर महानगरपालिका भित्रका सङ्क्रमितहरुलाई पहिलो प्राथमिकतामा राखिने र आवश्यकताका आधारमा विस्तार गर्दै लगिने छ ।”

प्रमुख दाहालले चितवनमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले सङ्क्रमितको व्यवस्थापनका लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताइन ।

भरतपुर महानगरपालिकाले प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर आइसोलेसन सञ्चालन गरेको हो । यहाँको मर्मतसम्भार, खाना खर्च सबै महानगरले व्यहोर्ने छ । आन्तरिक व्यवस्थापनसँगै योग, ध्यान, आवश्यक उपचार चिकित्सालयले गर्नेछ भने अन्य प्राविधिक पक्षमा भरतपुर अस्पतालले सहयोग गर्नेछ । चिकित्सालयमा कोरोना सङ्क्रमितका लागि छुट्टै ब्लक स्थापना गरिएको छ । सो ठाउँमा रहेका पाँच घरमा रहेका कोठाहरुलाई व्यवस्थित गरी आइसोलेसन बनाइएको छ ।

चिकित्सालयका प्रमुख डा हेमराज कोइरालाले कोरोना सङ्क्रमण भएका तर लक्षण नदेखिएकाहरु प्राकृतिक विधिवाट उपचार गरिने बताए । उनका अनुसार आइसोलेसनमा बस्नेहरुलाई प्राकृतिक खानपान र नियमित योग, ध्यान र व्यायाम गराइने भने मनोरन्जनको पनि विशेष ख्याल गरिनेछ । सामान्य लक्षण देखिएका पहिलो तहका बिरामीलाई सो आइसोलेसनमा राखिन्छ । आइसोलेसनमा १५ जना स्वास्थ्यकर्मी खटिनेछन् ।

प्रदेशसभा सदस्य विजय सुवेदीले आइसोलेसन व्वयस्थापनका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बताउँदै जिल्लामा यस्ता आइसोलेसन केन्द्रहरु अन्यत्र पनि स्थापना गर्न पहल शुरु गरिएको जानकारी दिए । सो अवसरमा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल , प्रदेश सांसद विजय सुवेदी, घनश्याम दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीलगायतको उपस्थिति थियो ।

पूर्वी चितवनका चार नगरपालिकाले रत्ननगर र माडीले वडा नं ५ मा आइसोलेसन बनाइसकेको छ । दोस्रो र तेस्रो तहका सङ्क्रमितलाई भने भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा उपचार गरिने व्यवस्था मिलाइएको छ । चितवनमा आजसम्म सङ्क्रमितको सङ्ख्या ६२६ पुगेको छ । सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा सङ्क्रमित भएका छन् भने इच्छाकामनामा सबैभन्दा कम छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ११ : ३२ बजे

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : विशेष महाधिवेशन पक्षको बहिष्कार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान बस्दैछ।

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत