कोरोनाका कारण फिल्म बनेनन्, कलाकार म्युजिक भिडियोमा व्यस्त « Khabarhub

कोरोनाका कारण फिल्म बनेनन्, कलाकार म्युजिक भिडियोमा व्यस्त


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा कलाकार पल शाहले अभिनय गरेका ४ वटा म्युजिक भिडियो टेन्डिङमा रहे । पछिल्लो समय उनलाई फिल्मभन्दा म्युजिक भिडियोमा फापेको पनि छ ।

पलले म्युजिक भिडियोबाट राम्रै चर्चा कमाउँछन् । तर, उनका फिल्म फ्लप हुँदै आएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले सिनेमा हल लगायत बढी भिडभाड हुने स्थान नखोल्ने निर्णय गरेको छ ।

जसकारण गत चैतदेखि न कुनै फिल्मको छायांकन भएका छन्, न त कुनै फिल्म रिलिज नै भएका छन् ।

बरु असार १ गतेदेखि खुकुलो बनाइएको लकडाउनका बेला म्युजिक भिडियोको काम भने भटाभट भयो । पछिल्लो समयमा कलाकारहरु म्युजिक भिडियोमा बढी देखिएका छन् ।

पुष्प खड्का, आँचल शर्मा, नीता ढुंगाना, एलिजा गौतम लगायत कलाकार पनि एकपछि अर्को म्युजिक भिडियोमा देखिएका छन् ।

लकडाउन खुकुलो भएका बेला धेरै म्युजिक भिडियो निर्माण भएर सार्वजनिक पनि भए । तीमध्ये केही गीत हिट पनि भए ।

सरकारले फिल्म छायांकनका लागि अनुमति नदिँदा फिल्म क्षेत्र भने थला परेको छ । सबै सिनेमा हल बन्द छन् । छायांकन हुँदाहुँदै रोकिएका फिल्मले पनि पुनः छायांकन थाल्न नपाउँदा थन्केर बसेका छन् ।

केही फिल्मकर्मीले फिल्म क्षेत्रलाई चलायमान बनाउन भन्दै फिल्म निर्माणको घोषणा गरेका छन् । तर, उनीहरुले पनि अवस्था सामान्य नहुँदासम्म फिल्मको काम नथाल्ने बताएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ११ : ४९ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने