आज थपिए १,२२१ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित) « Khabarhub

आज थपिए १,२२१ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या ३८,५६१ पुग्यो


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

आज थपिएका मध्ये ३४८ महिला र ८७३ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एकजना, ओखलढुंगाका ४ जना, झापाका ११ जना, पाँचथरका एकजना, मोरङका ४९ जना, संखुवासभाका २ जना र सुनसरीका ३३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ७५ जना, पर्साका ४६ जना , बाराका ८२ महोत्तरीका ३७ जना,सप्तरीका ६ जना, सर्लाहीका ३४ जना र सिरहका २६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३७२ जना, काभ्रेका २५ जना, चितवनका ९० जना, धादिङका ३ जना, भक्तपुरका ४५ जना, मकवानपुरका ९ जना, रामेछापका एकजना, ललितपुरका १२ जना, सिन्धुपाल्चोकका २ जना र सिन्धुलीका ५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ५ जना, गोरखाका ५ जना, तनहुँका ४ नवलपरासी पूर्वका २ जना, बाग्लुङका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ३ जना, कपिलवस्तुका २५ जना, गुल्मीका ६ जना, दाङका ५ जना, नवलपरासीका २१ जना, पाल्पाका ८ जना, प्युठानका ५ जना, बर्दियाका ६ जना, बाँकेका १४ जना, रुपन्देहीका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ८ जना, कञ्चनपुरका एक जना, कैलालीका ६ जना, डोटीका ११ जना, दार्चुलका २ जना, बझाङका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ८२२ पुगेको छ ।

हालसम्म कूल संक्रमितको ५४ प्रतिशत निको भएको मन्त्रालयले जनाएको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ५५५ थियो ।

मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २०७ पुगेको थियो ।

आज थप १४ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । आज मृत्यु हुनेमा ४ जना महिला र १० पुरुष रहेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ४ : ३९ बजे

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म