भक्तपुर लोकन्थलीका एक कोरोना संक्रमित पुरुषको मृत्यु | Khabarhub Khabarhub

भक्तपुर लोकन्थलीका एक कोरोना संक्रमित पुरुषको मृत्यु


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका उनको आज दिउँसो मृत्यु भएको हो ।

पाल्पा स्थायीघर भई हाल मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आफ्नै घरमा बसोबास गर्दै आएका ७७ वर्षीय पुरुषको लोकन्थलीस्थित समिट अस्पतालमा आज मृत्यु भएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए ।

सङ्क्रमितका परिवारलाई भने घरभित्र छुट्टै बस्न आग्रह गरिएको जानकारी दिँदै उनले उनीहरुको एक सातामा पीसीआर परीक्षण गरिने बताए ।

श्वासप्रश्वास समस्या बढेपछि यही भदौ ११ गते अस्पताल भर्ना गरिएका पुरुषको सोही दिन स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा हिजो रिपोर्ट पोजेटिभ आएको  जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

सङ्क्रमण पुष्टि भएका पुरुषको आज दिउँसो उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको हो ।

मृतकको शव नेपाली सेनाको वीर दल गणको शव व्यवस्थापन टोलीले पशुपतिस्थित विद्युतीय शवहाद गृहमा व्यवस्थापन गरिएको गणका गणपति कर्नेल शिव पौडेलले जानकारी दिए ।

यसअघि उच्च रक्तचाप र मधुमेहलगायतको औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीय पुरुषको गएराति होम आइसोलेसनमा मृत्यु भएको थियो । भक्तपुरमा हालसम्म चार महिला र चार पुरुष गरी ८ सङ्क्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ६ : ०३ बजे

अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति

चितवन– नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट : दोलखाका एकजना पक्राउ, म्याद लिएर थालियो अनुसन्धान

काठमाडौं- सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

नेप्से परिसूचक सात अंकले घट्यो

काठमाडौं– धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सात

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाको भूमिका निर्वाह गरेर हाल

कोप-२९ मा भएका कमजोरी सुधार्दै लैजानुपर्छ : वनमन्त्री

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन(कोप