ईयूद्वारा चीनविरूद्ध गठबन्धन तयारी | Khabarhub Khabarhub

ईयूद्वारा चीनविरूद्ध गठबन्धन तयारी


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको आक्रामकता युरोपका छिमेकीहरुमा मात्र सीमित नभई एउटा महाद्वीपको रूपमा व्यवहार गरेको छ । जसका कारण युरोपियन युनियन एकजुट भएर चीनविरुद्धको गठबन्धन सुरु गरेका छन् ।

चीनको महत्वाकांक्षी योजना बेल्ट र रोड इनिसिएटिभ एक पूर्वाधार जडान आयोजनाबाट अप्रत्याशित रूपमा ईयूलाई चीनविरुद्ध एकजुट हुन फाइदा पुर्‍याइरहेको छ । १६ युरोपेली देश र यूरोपियन युनियनका व्यवस्थापकहरूको नयाँ गठबन्धन गठन गरिएको छ । जसलाई चीनविरुद्धको अन्तर-संसदीय गठबन्धन भनिएको छ ।

उनीहरूले “अन्तर्राष्ट्रिय क्रस पार्टीका सांसदहरूको समूह’ नाम दिइएको यस गठबन्धनले चीनप्रतिको व्यवहारलाई रोक्‍न लोकतन्त्रलाई सुदृढ गर्ने काम गरिरहेका छन् । यसको पछिल्लो सबभन्दा ठूलो कदम भनेको ईयूका सदस्यहरुले हङकङसँगको सुपुर्दगी सन्धिका लागि पुन: वार्ताका लागि आह्वान गरिएको छ ।

यी राजनीतिक दबाबहरु चिनियाँ टेक कम्पनीहरुको बढ्दो दबाबसँग मेल खान्छन् । वर्षौंदेखि विश्व बजारहरुमा स्वतन्त्र रुपमा सस्तो र कमसल हार्डवेयर र सफ्टवेयर, कम गुणस्तरमा पनि सञ्‍चालन हुँदै आएका चिनियाँ उत्पादनहरुमा अहिले विश्‍वभर प्रतिबन्ध लगाउने काम भइरहेको छ ।

यद्यपि यस्तो देखिन्छ कि बेइजिङको हेजेमोनिक आकांक्षाहरूले यसको प्रविधि क्षेत्रको ‘ताज’ निकालि दिएको छ ।

अमेरिका र बेलायतले भारतको पाइला पछ्याउँदै भारतले प्रतिबन्ध लगाएका चिनियाँ एपहरुमा प्रतिबन्ध लगाउने काम अघि बढाएका छन् । यसअघि भारतले ५९ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको थियो ।

यससँगै अमेरिका र बेलायतले हुवावेलाई उनीहरूको ५जी नेटवर्कमा प्रतिबन्ध लगाएका छन् । फ्रान्सले पनि उसको टेलिकम्युनिकेसन नेटवर्कमा हुवावेको भूमिका सीमित गर्न कदम चालेको छ ।

कोभिड-१९ महामारीको कारण हुने उत्पन्‍न संकटलाई निवारण गर्न सिंगो विश्व एकजुट भए पनि बेइजिङ एक्लो छ ।

चीनले भारतको लद्दाखमा गरेको हिंसात्मक आक्रमण, दक्षिण चीन सागरको विवाद, ताइवान र हङकङमाथिका गैरकानूनी हस्तक्षेप, सिन्जियाङका उइगर समुदायमाथिको दमनलगायतका कार्यहरुले चीनविरुद्ध विश्‍व एकजुट भएको हो ।

अमेरिकी अधिकारीहरूले चीनलाई “सबैभन्दा खतरनाक सैन्य प्रतिद्वन्द्वी” को चित्रण गरेको छ ।

यदि बेइजिङले आफ्ना गल्तीहरू सच्याउन, आफ्ना अभिव्यक्तिहरु नरम पार्न र विवादहरू सुल्झाउने कदम चालेन भने सम्भवतः यो चीन विरोधी बढ्दो भावनाका कारण इन्डो-प्रशान्त क्षेत्रमा खस्किँदै गएको सुरक्षा स्थितिमा सुनामीको रुपमा परिणत हुनेछ ।

अस्ट्रेलियाले आफ्नो स्थितिलाई पुन: स्थापित मात्र गरेको छैन कि आफ्नो सहयोगीहरूसँग समन्वयलाई पनि बढाएको छ ।

जापान-अस्ट्रेलिया समिट

जुलाई ९ मा अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसन र उनका जापानी समकक्षी सिन्जो आबेबीच भएको भर्चुअल शिखर सम्मेलनमा दुई देशहरू एकअर्काको देशमा संयुक्त सैन्य अभ्यास र आफ्नो रक्षा सेनाको अन्य गतिविधिहरुलाई बढाउने विषयमा सहमत भएका थिए ।

यसका साथै दुबै नेताहरुबीच ताइवानले विश्व स्वास्थ्य संगठनमा पर्यवेक्षकको रूपमा सहभागी हुन पाउनुपर्ने विषयमा पनि सहमत भएका छन् ।

उक्त सहमतिले चीनलाई चिन्तित बनाएको छ । जुलाई ०७ मा जापानका रक्षामन्त्री तारो कोनो, अमेरिकी रक्षामन्त्री मार्क एस्पेर र अष्ट्रेलियाली रक्षा सचिव लिन्डा रेनल्ड्सबीच रक्षा मन्त्रीहरूको त्रिपक्षीय बैठक बसेपछि जापान-अष्ट्रेलिया शिखर सम्मेलन सुरु भएको थियो ।

रक्षा मन्त्रीहरूको बैठकमा चिनियाँ सेना र नौसेनाका मिलिसिया जहाजको प्रयोगका साथसाथै अन्य देशको स्रोत विकास गतिविधिलाई अवरोध पुर्‍याउने चिन्ताजनक प्रवृत्तिलाई उजागर गरेका छन् ।

विगत धेरै वर्षहरुमा बेइजिङले यी रणनीतिहरुमा दृढतापूर्वक लागिरहेको थियो । किनकि मुख्यतया: कुनै पनि शक्तिबाट कुनै सैन्य प्रतिक्रिया आएको थिएन र चीनले आफ्नो एकोहोरो गतिविधिलाई जारी राखेको थियो ।

पछिल्लो समय फेब्रुअरी २०२० मा बेइजिङले इन्डोनेसियाविरुद्ध सैन्य रणनीति प्रयोग गरी जकार्ताको विशेष आर्थिक क्षेत्रलाई प्रभावित पार्ने गरी शक्ति प्रदर्शन गरिएको थियो ।

हङकङ एक स्वतन्त्रताको गढ

कोरोना भाइरसले चीनका छिमेकीविरुद्ध अधिकारको शर्त प्रदान गरेको छ ।

पूर्व बेलायती उपनिवेश हङकङमा चीनले राष्ट्रिय सुरक्षा ऐन जारी गरेर पाँच आँखा गठबन्धन देशहरु (अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र न्यूजील्यान्ड) २०२०, मेमा संयुक्त विज्ञप्ति जारी गर्दै चार सदस्यहरूले (अमेरिका, अष्ट्रेलिया, बेलायत र क्यानडा) राष्ट्रिय सुरक्षा ऐन बनाएकोमा चीनको निन्दासमेत गरेका छन् ।

हङकङलाई “स्वतन्त्रताको बासस्थान” को रूपमा जोगाउन आग्रह गरिएको छ ।

यसैबीच अष्ट्रेलिया र क्यानडाले घोषणा गरे कि हङकङसँग उनीहरूको सम्बन्ध पुनर्विचार गर्दैछन् । थपरुपमा बेलायतले यो पुष्टि गरेको छ कि यसले ब्रिटिश राष्ट्रिय पासपोर्टको लागि योग्य हङकङबासीहरुलाई नागरिकता दिने मार्ग प्रशस्त पार्नेछ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ५ : ३० बजे

‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?

काठमाडौं–  अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ सुरुवाती तीन दिनमा

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

हेटौँडा– बागमती प्रदेशसभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १

शेखरको तर्क : अहिलेको निर्वाचन प्रणाली फेर्न कांग्रेस र एमाले मिल्नु पर्छ

झापा- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सोमबार सम्पन्न तेस्रो

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

काठमाडौं– तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चार वटा

राजेन्द्र महतोले यसरी गरे राष्ट्रिय मुक्ति क्रान्ति (तस्बिरहरु)

काठमाडौं– राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौंमा सांस्कृतिक प्रतिरोध