साउदीमा नेपाली श्रमिकसँग डा. पाठकले रकम असुल्ने गरेको आरोप « Khabarhub

साउदीमा नेपाली श्रमिकसँग डा. पाठकले रकम असुल्ने गरेको आरोप



दोहा- नेपाली जनप्रगतिशील मोर्चा साउदीले ढाका मेडिकल सेन्टरमा कार्यरत नेपाली डाक्टर अनिरुद्र पाठकलाई कारबाही गर्न माग गरेको छ ।

विदेशी भूमिमा अलपत्र नेपालीहरुकाे उद्धार तथा पीसीआर परीक्षणका नाममा उनले मोटाे रकम असुलेको मोर्चाको आरोप छ ।

मोर्चाले विज्ञप्ति जारी गर्दै नेपाली श्रमिकहरुसँग डा. पाठकले पीसीआर परीक्षणका लागि ४८०० देखि ६४०० रूपैयाँसम्म चार्ज लिँदै बिनाचेक जाँच कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ दिने गरेको समेत आरोप लगाएको छ।

मोर्चाले विज्ञप्तिमा भनेको छ, “नेपाल जान लाग्नुभएका हाम्रा दाजुभाइ तथा दिदिबहिनीहरुबाट कोरोना जाँच गर्ने बहानामा मोटो रकम पर-व्यक्ति ४८०० देखि ६४०० सम्म चार्ज लिँदै बिना चेक-जाच गरी कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ दिँदै आएको खुलासा पीडित “झपड बहादुर बस्नेत” नेपाल पुगिसकेपछि खुलेको छ ।”

यस विषयमा मोर्चाले दूतावासको गम्भीर ध्यानाकर्षण गराएको छ । यो विषय एक व्यक्तिमाथिको मात्रै नभइ समग्रमा राष्ट्रियप्रति कै घात रहेको ठहर मोर्चाले गरेको छ ।

यदि यो विषयलाई सामान्य ठानी दूतावासले खरो रुपमा एक्सन नलिए डा पाठकविरुद्ध जस्तोसुकै कारबाही कुनै कसर बाँकी नराख्ने मोर्चाले चेतावनी  दिएको छ ।

मोर्चाले डा. पाठकले विगतमा गरेका विभिन्न धन्दाहरुको प्रमाण पनि सुरक्षित रहेको जनाउँदै दूतावासको ध्यानाकर्षण गराएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ११ : ४१ बजे

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।

सुरक्षण मुद्रण केन्द्र : दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब