गुल्मीमा यातायात व्यवसायीले बढी भाडा उठाउँदै « Khabarhub

गुल्मीमा यातायात व्यवसायीले बढी भाडा उठाउँदै


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास – गुल्मीमा यातायातका साधनले सरकारले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । कोरोना महामारी र सरकारले भाडा बढाएको बहानामा उनीहरुले यात्रुहरुसँग तोकिएभन्दा बढी भाडा असुल्दै आएका छन् । अहिले ग्रामीण भेगका अधिकांश सडक बिग्रिएका छन् ।

बस, हाइस जस्ता बढी यात्रु बोक्ने सवारी पूर्ववत् ढङ्गले चल्न नसक्दा जीपलगायतका साना गाडीहरुले मनलाग्दी भाडा लिने गरेको यात्रुहरु बताउँछन् । जिल्लाको मुसिकोट नगरपालिकाको वामीबाट सदरमुकाम तम्घाससम्मको भाडा रु ३७० तोकिएको भए पनि जीपले रु ७०० लिएको स्थानीयवासी हिमा रानामगरले बताइन् ।

धुर्कोट गाउँपालिका–­७ वाग्लाकी लक्ष्मी घिमिरे भन्छिन्, “सवारी साधनले बढी भाडा लिएपनि सवारी साधनमा सरकारले तोकेको सामाजिक दूरी कायम भएको छैन ।”

यातायात व्यवसायीहरुको छाता सङ्गठन गुल्मी यातायात व्यवसायी सङ्घका कार्यालय प्रमुख डोरबहादुर कुँवरले यात्रुहरुलाई टिकट काटेर मात्र सवारी प्रयोग गर्न आग्रह गरे । “सरकारले ५० प्रतिशतभन्दा बढी भाडा लिन नपाउने गरी नियम बनाएको छ, काउन्टरबाट सोही शुल्कमा टिकट दिन्छौँ,” उनले भने ।

अत्याधिक वर्षाका कारण जिल्लामा बिग्रिएका सबै सडकको मर्मत नहुँदा कतिपय ठाउँमा जिप पनि जान सकेका छैनन् भने अधिकांश ठाउँमा बस र हाइस चल्न सकेका छैनन् ।

सवारी साधनले बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले अनुगमन शुरु गरेको छ । जनशक्ति कम भएकाले सबै ठाउँमा अनुगमन गर्न समस्या परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख जगन्नाथ पाण्डेले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ६ : २८ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका