हिरासतमा मृत्युको घटना छानबिन गर्न संसदीय टोली धनुषामा « Khabarhub

हिरासतमा मृत्युको घटना छानबिन गर्न संसदीय टोली धनुषामा


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषामा हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न सङ्घीय सांसदको टोली आज धनुषा आइपुगेको छ ।

धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न सङ्घीय सांसदको टोली धनुषा आइपुगेको हो ।

प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको टोली आज धनुषा पुगेर सरोकारवालासँग छलफल शुरु गरेको छ । देशका विभिन्न हिरासतमा मृत्यु भएको घटनाका स्थलगत अध्ययनका लागि केही दिनअघि सो समितिले छ सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।

संसदीय अध्ययन समितिमा सांसद शेरबहादुर तामाङको संयोजकत्वमा उमाशङ्कर अरगरिया, पदमनारायण चौधरी र मीनबहादुर विश्वकर्मा, लालबहादुर थापा र समीमा हुसैन सदस्य छन् ।

समितिका पदाधिकारीले सबैलास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्रै मृत्यु भएका सदाको परिवारसँग आज छलफल गरेको थियो ।

समितिका सदस्य तथा धनुषाका सांसद समेत रहेका अरगरियाले मृतक सदाको घर पुगेर आफूहरुले उनकी आमा र श्रीमतीसहित छिमेकीसँग घटनाबारे जानकारी लिएको बताए ।

टोलीले मंगलवार नागरिक आन्दोलनका अभियन्ता, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्तासँग पनि सदाको मृत्युबारे जानकारी लिएको थियो ।

गत जेठ २७ गते सवारी ज्यान मुद्दामा पक्राउ परी इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा राखिएका सबैला¬१२ निवासी २३ वर्षीय सदा प्रहरी कार्यालयकै शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

घटनास्थलमा प्रकृति हेर्दा शम्भुको हत्या भएको उनको परिवार तथा अधिकारकर्मीहरुले आरोप लगाउँदै आएका छन् ।

समितिका पदाधिकारी मङ्गलबार धनुषाबाट टोली रौतहटतर्फ जाने सदस्य अरगरियाले बताए । बुधबार इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा प्रहरीको यातनाबाट मृत्यु भएका विजय राम र रौतहटमै हत्या भएका निरञ्जन रामको परिवार तथा सरोकारवालालाई भेटेर घटनाको अध्ययन गरिने उनले बताए ।

 

 

 

 

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ९ : ०७ बजे

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न

‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मनसुरले बोल्न नसक्ने हिँड्न नसक्ने

कारबाही खारेज गर्दै गगनले भने : रूखबाहेक अन्त भोट हाल्नु पर्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कार्यकर्ताहरूले रुख