हत्या आरोपमा एक सैनिक पक्राउ « Khabarhub

हत्या आरोपमा एक सैनिक पक्राउ


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जवानलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङका अनुसार घटनामा संलग्न रहेको आरोपमा नेपाली सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई गरी अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार राप्ती नगरपालिका – २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत ८ साउनमा मृत्यु भएको थियो ।

केही दिनअघि पक्राउ परेका ती सैनिकलाई अदालतबाट म्याद थप गरी बयान लिने र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक राजकुमारका बुबा विष्णुलाल चेपाङले २५ भदौमा किटानी जाहेरी दिएका थिए । आरोपीको मौखिक बयानमा घटनाको इन्कारी बयान दिएकाले पोलिग्राफ परीक्षणसमेत गर्ने तयारी प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सेनाद्वारा कुटपिटपश्चात उनको मृत्यु भएको आरोप लगाइएको छ ।

राजकुमारसहित सात जनालाई १ साउनमा निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच जना पुरूषलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलालाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको पीडितहरुले आरोप लगाएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ५ : ४५ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण