कुवेतका अमिरको निधनमा अमेरिकी र चिनियाँ राष्ट्रपतिद्धारा दुःख व्यक्त « Khabarhub

कुवेतका अमिरको निधनमा अमेरिकी र चिनियाँ राष्ट्रपतिद्धारा दुःख व्यक्त


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – कुवेतका अमिर शेख सबाह अल अहमद अल सबाहको निधनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमिर अल सबाहको निधनबाट आफूलाई निकै दुःख लागेको भन्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

उनले कुवेतका अमिरको निधनले आफूलाई र मेलानियालाई निकै दुःख लागेको छ भन्दै कुवेतका नागरिकहरुलाई समवेदन सन्देश पठाएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा बताइएको छ । कुवेतका अमिरको ९१ वर्षको उमेरमा मंगलबार अमेरिकामा निधन भएको थियो ।

उनले अमेरिकाको एक अस्पतालमा उपचार गराइरहेका थिए । उपचाररत सोही अस्पतालमा उनको निधन भएको बताइएको छ । त्यसैगरी चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि कुवेतका अमिर अल सबाहको निधनमा दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति सिले उनको निधनबाट आफूलाई दुःख लागेको बताएको चीनको राजधानी बेइजिङबाट चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् । कुवेतका सरकारी सञ्चारमाध्यमले यहाँका अमिर अल सबाहको निधन भएको समाचार बुधबार मात्र सार्वजनिक गरेका बताइएको छ । उनी ९१ वर्षका थिए ।

उनको निधनपछि उनका ८३ वर्षीय सौतेनी भाइ युवराज शेख नवाफ अल अहमदलाई उनको उत्तराधिकारीका रूपमा घोषणा गरेको छ ।

गएको जुलाई महिनामा अमिर शेख सबाह उपचारका लागि अमेरिका गएका थियो । त्यसपछि पनि लामो समयसम्म उनको अवस्थाबारे त्यसबेला कुवेतमा स्पष्ट जानकारी दिइएको थिएन ।

अमिर अल सबाह कुवेतमा सन् २००६ देखि सत्तामा रहेका थिए । उनले करिब ५० वर्षदेखि कुवेतको परराष्ट्र मामिलासम्बन्धी क्षेत्रमा रहेर काम गरेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : ३३ बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको