सञ्चारकर्मीहरू यसो छोयो भने बुरुक्क उफ्रिहाल्ने, करेन्ट लागेजस्तो: प्रम ओली « Khabarhub

सञ्चारकर्मीहरू यसो छोयो भने बुरुक्क उफ्रिहाल्ने, करेन्ट लागेजस्तो: प्रम ओली


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्‍चारमाध्यमका सम्पादकहरूको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

हालै गठन गरिएको मिडिया एलायन्सका पदाधिकारीहरूसँग बुधबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमका सम्पादकसँग गुनासो रहेको बताएका हुन् ।

प्रम ओलीले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृत्ति रहेको आरोप लगाए ।

‘सरकारलाई दिनरात गाली गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चारमाध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ‘यो सञ्चार जगत यस्तो हो, अरु जसलाई जे भने पनि छुट पाइन्छ, सञ्चारमाध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन, एकदम ‘सेन्सेटिभ’ नि ।’

प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने तर सञ्चार माध्यमलाई आफूले एकपटक सुझाव दिँदा सहन्‍न भन्‍ने प्रवृत्ति सम्पादकहरूमा नदेखिएको बताए ।

उनले सञ्चारमाध्यमलाई ‘चुस्स छोयो भने बुरुक्क उफ्रिने’ गरेको आरोप लगाए । व्यङ्ग्यात्मक शैलीमा उनले भने, ‘यसो छोयो भने देखि बुरुक्क उफ्रिहाल्ने, करेन्ट लागेजस्तो ।’

उनले केही समयअघि आफूले सञ्चारकर्मीसँग कुरा गरेको प्रसङ्ग जोड्दै भने, ‘अलि अगाडि मसँग सञ्चारकर्मी र सम्पादकहरू भेट्नुभयो, तर उहाँहरुले हामीलाई किन यसो भन्‍नुभयो भनेर सोध्नुभयो । मैले भनेँ, तपाईंहरुले दिनरात गाली गर्दा हुन्छ ।’

ओलीले नेपालमा अगाडि बढ्न चाहनेहरुको खुट्टा तान्‍ने प्रवृत्ति हाबी भएको बताए । उनले बाकसमा रहने भ्यागुतोको उदाहरण दिँदै कोही पनि अगाडि बढ्न नसक्ने गरी खुट्टा तान्‍ने प्रवृति रहेको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : ५० बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएको छ

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ

काठमाडौँ– टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित

आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ?

गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ ।