आईपीएल क्रिकेट : चेन्नईसँग कोलकाता पराजित, प्ले अफ पुग्न कठिन | Khabarhub Khabarhub

आईपीएल क्रिकेट : चेन्नईसँग कोलकाता पराजित, प्ले अफ पुग्न कठिन


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स चेन्नई सुपर किंग्ससँग पराजित भएको छ ।

दुबईमा बिहीबार राति भएको खेलमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको हो ।

कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५३ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

रविन्द्र जडेजा ३१ रनमा अविजित रहदा साम करण १३ रनमा अविजित रहे । अन्तिम ओभरमा जडेजाले दुई छक्का प्रहार गर्दै चेन्नईलाई जिताएका हुन् ।

अन्तिम ओभरमा चेन्नईलाई जितका लागि १० रन आवश्यक थियो । बलिङमा थिए कमलेश नगरकोटी । पहिलो बलमा करणले रन जोड्न सकेनन् । तर, करणले दोस्रो बलमा २ र तेस्रो बलमा १ रन जोडे । चौंथो बलमा जडेजाले रन जोड्न सकेनन् । तर, जडेजाले पाँचौ र छैटौं बलमा छक्का प्रहार गर्दै चेन्नईलाई अन्तिम बलमा जित दिलाए ।

कोलकाताका वरुण चक्रवर्ती र पाट कुमिन्सले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

कोलकाताका लागि नितिश रानाले ८७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६१ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।

चेन्नईका लागि लुंगी एनजिडीले २ विकेट लिए । मिचेल स्टानर, कर्ण शर्मा र रविन्द्र जडेजाको नाममा १/१ विकेट रह्यो ।

जितसँगै चेन्नईले १३ खेलमा १० अंक जोडेको छ । चेन्नई तालिकाको पुछारमा रहेको छ ।

कोलकाताले १३ खेलमा १२ अंक जोडेको छ । कोलकाता पाँचौं स्थानमा रहेको छ । हारसँगै कोलकाताको प्लेअफ यात्रा अनिश्चित भएको छ । कोलकाताले लिगको बाँकी एक खेल जिते पनि अरू टोलीको अंक तथा रनरेटका आधारमा मात्रै उसको प्ले अफ यात्राको निधो हुनेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ५ : ५६ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ