यस वर्षको बडादशैँ आज समापन हुँदै, महालक्ष्मीको विशेष पूजा   « Khabarhub

यस वर्षको बडादशैँ आज समापन हुँदै, महालक्ष्मीको विशेष पूजा  


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यस वर्षको बडादशैँ आज समापन हुँदै छ ।

आज कोजाग्रत पूर्णिमामा साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बस्ने प्रचलन छ ।

जाग्राम बस्दा मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

टाढ-टाढाबाट आवतजावत गर्नुपर्नेहरुले आजैसम्म मान्यजनका हातबाट टीकाजमरा थाप्ने गर्छन् । यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि सुरु गरिन्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ७ : ४६ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।