विश्वभर ४ करोड ५३ लाखमा संक्रमण, ११ लाख ८६ हजारको मृत्यु « Khabarhub

विश्वभर ४ करोड ५३ लाखमा संक्रमण, ११ लाख ८६ हजारको मृत्यु


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ५३ लाखभन्दा बढीमा संक्रमण भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ४५ हजार ९०३ जनामा संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४ करोड ५३ लाख २१ हजार ६५९ पुगेको छ । संक्रमितमध्ये ८२ हजार २३६ जनाको अवस्था गम्भीर छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १७२ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ८६ हजार २४३ पुगेको छ ।

यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ११ लाख ४२ नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६६ हजारभन्दा धेरै  निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २९ लाख नाघेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९२ लाख १२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ८० लाख ८८ नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५४ लाख ९६ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६० हजार ६६ जनाको मृत्यु भएको छ । ९४ लाख ८ हजार ६४८ जना संक्रमित भएकोमा ३६ लाख ६४ हजार १४६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १० : १० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर