मराठी फिल्मको हिन्दी रिमेक बनाउँदै सलमान खान « Khabarhub

मराठी फिल्मको हिन्दी रिमेक बनाउँदै सलमान खान


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानले हालै आफ्नो फिल्म ‘राधे’ को शूटिङ सकेका छन् ।

अब सलमानले अर्को नयाँ फिल्मको शूटिङको काम थालेका छन् । खबरका अनुसार सलमानले सन् २०१८ मा रिलिज भएको मराठी फिल्म ‘मुशली प्याटर्न’ को हिन्दी रिमेक ‘अन्तिम’ मा शीर्ष भूमिका निभाउँदैछन् ।

फिल्ममा सलमान खानसँगै आयुष शर्मा पनि शीर्ष भूमिकामा देखिनेछन् । फिल्मको छायांकन छिट्टै हुने बताइएको छ ।

महेश माञ्जरेकरको निर्देशनमा बन्ने यो फिल्म मराठी फिल्मको हुबहु कपी भने हुने छैन । फिल्ममा सलमान खान एक प्रहरीको भूमिकामा देखिनेछन् ।

फिल्मको छायांकन नोभेम्बरबाट शुरु हुने जनाइएको छ । शुरुमा फिल्मको नाम ‘ग्याङ अफ नर्थ’ राखिएको थियो । पछि नाम फेरेर ‘अन्तिम’ राखिएको हो।

यो फिल्मको छायांकन मुम्बई र कर्जतमा हुनेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  २ : ०० बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको