महाभारतको युद्धमा कसरी गरिन्थ्यो भोजन व्यवस्था ? « Khabarhub

महाभारतको युद्धमा कसरी गरिन्थ्यो भोजन व्यवस्था ?


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुरुक्षेत्रमा भएको महाभारतको भिषण युद्धमा लाखौँ सैनिकहरु सहभागी थिए । त्यो समयमा ति लाखौं सैनिकहरुलाई खानेकुराको व्यवस्था कसरी गरिन्थ्यो त ?

हजारौँ मानिसहरु दैनिक मरेका थिए तर दिन दिनै कसरी खानेकुराको व्यवस्था हुन्थ्यो भन्ने कुराले सबैलाई अचम्मित बनाउँदछ । आज हामी तपाईलाई त्यसबारेका ५ रहस्यको बारेमा जानकारी दिनेछौँ ।

१.४५ लाख भन्दा धेरै थिए सैनिक

श्रीकृष्णका १ अक्षौहिणी नारायणी सेना मिलाएर कौरवसँग ११ अक्षौहिणी सेना थिए भने पाण्डवसँग ७ अक्षौहिणी सेना थिए । यसैप्रकारले सबै महारथीका सेनाहरु सहित ४५ लाख भन्दा धेरै सेना थिए ।

२. उडुपीका राजा बनाउँथे खाना

महाभारत युद्धको घोषणा भएपछि सबै राज्यले आ आफ्नो पक्ष चुने ।कोहि कौरव तिर त कोहि पाण्डव तिर । तर केहि राजाहरु भने तटस्थ रहँदै उक्त सेनाहरुको लागि खाना बनाउने काम रोजे । त्यसमध्येका एक थिइ उडुपीका राजा । उनले भगवान श्रीकृष्णले भने पछि भोजन बनाउने काम गरेका थिए ।

३. कसरी तय हुन्थ्यो भोजनको मात्रा

उडुपीका राजालाई खाना प्रतिदिन कसरी बनाउने भन्ने चिन्ताले सताइरहेको बेला श्रीकृष्णले उपाय बताएका थिए । जसका कारण खाना कुनै दिन धेरै भएन पनि र थोरै पनि भएन ।

४. यसरी निस्किएको थियो हल

युद्ध सकिएपछि युधिष्ठिरले भने तपाई कसरी ठिक्क हुने खाना बनाउनु हुन्थ्यो रु त्यसपछि उडुपका राजाले त्यसको श्रेया भगवान श्रीकृष्णलाई दिए ।

उनले भने भगवान श्रीकृष्णले हरेक विहा बदाम खानुहुन्थ्यो । त्यो दृश्य म सधैँ हेर्ने गर्दथेँ । यदि भगवानले १० वटा बदाम खानुभयो भने म बुझ्थेँ कि आज १० हजार सैनिक मारिँदै छन् । त्यसै गरि म अर्को नि १० हजार सैनिकलाई कम हुने खाना बनाउँथे ।

५. कर्नाटकको मठ

भनिन्छ, कर्नाटकको उडुपी जिल्लास्थित श्रीकृष्ण मठमा यो कथा हरेक दिन सुनाइन्थ्यो । यस मठको स्थापना स्वयं उडुपीका नरेशले गरेका थिए । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १२ : ४० बजे

रसुवामा सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न प्रयोगशाला परीक्षण

रसुवा– जिल्लाभित्र निर्माणाधीन सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न जिल्लामा

ममाथिका आरोपमा अदालतले न्याय दिनेछ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा

मधेस प्रदेशमा ६७ कानुन निर्माण

महेन्द्रनगर– मधेश प्रदेश सरकारले हालसम्म ६७ वटा कानुन निर्माण गरेको

पौवादुङमा किशोरी लक्षित एचपीभी खोप अभियान

भोजपुर– पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालनको

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका