भारतविरूद्धको एकदिवसीय सिरिज अष्ट्रेलियालाई « Khabarhub

भारतविरूद्धको एकदिवसीय सिरिज अष्ट्रेलियालाई


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको उपाधी घरेलु टिम अष्ट्रेलियाले जितेको छ ।

सिड्नीमा आइतबार भएको दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अगाबै सिरिज जितेको हो ।

सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको ३ सय ९० रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३८ रन मात्र बनाउन सक्यो ।

भारतका लागि कप्तान विराट कोहलीले ८९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन् ।

यस्तै केएल राहुलले ७६ रनको अर्धशतकीय इनिङ्स खेल्दा श्रेयस एयरले ३८ रन बनाए ।

अष्ट्रेलियाका लागि पाट कुमिन्सले ३ विकेट लिए । जोस हाजलउड र एडम जाम्पाले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनाएको थियो ।

सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाको फराकिलो स्कोरमा स्टिभ स्मिथले शतकीय इनिङ्स खेले ।

लगातार दोस्रो खेलमा शतक बनाएका स्मिथले १ सय ४ रन बनाए । पहिलो खेलमा स्मिथले १ सय ५ रन बनाएका थिए । यस्तै डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेल्दै ८३ रन बनाए । मार्नुस लाबुसेनले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान आरोन फिन्चले ६० रनको अर्धशतकीय इनिङ्स खेले । अर्धशतकीय इनिङ्स खेलेका ग्लेन म्याक्सवेल ६३ रनमा अविजित रहे ।

भारतका मोहमद शामी र हार्दिक पाण्डयले १/१ विकेट लिए ।

जितसँगै अष्ट्रेलियाले आईसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिग अन्तर्गत रहेको ३ खेलको सिरिजमा २-० को अग्रता समेत बनाएको छ । दुई टिमबीचको तेस्रो एकदिवसीय खेल बुधबार हुनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ६ : ०६ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका