दक्षिण अफ्रिकाविरूद्धको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डलाई « Khabarhub

दक्षिण अफ्रिकाविरूद्धको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डलाई


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अफ्रिकाविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिज इंग्ल्यान्डले जितेको छ ।

पर्लमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगाबै सिरिज जितेको हो ।

दक्षिण अफ्रिकाले दिएको १ सय ४७ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्यान्डको जितमा डाविड मालनले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान इयान मोर्गनले अविजित रहदै २६ रन जोड्दा जोश बट्लरले २२ रन बनाए ।

बेन स्टोक्सले १६ र जासन रोयले १४ रन जोडे । दक्षिण अफ्रिकाका ताब्रेज शामीले ३ तथा लुंगी एनजिडीले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान क्विन्टन डी ककले ३० रन जोड्दा जर्ज लिन्डेले २९ रन बनाए । यस्तै रस्सी भान डेर डुसेनले अविजित २५ रन बनाए ।इंग्ल्यान्डका आदील राशिदले २ विकेट लिए ।

जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ६ : ५६ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका